ताजा अपडेट

रोल्पामा स्नातकोत्तरतहमा नेपाली विषय संचालन हुने

लिवाङ- रोल्पामा स्नातकोत्तर तहमा नेपाली विषयको पठन पाठन संचालन हुने भएको छ ।

नेपाली विषय संचालनका लागि जिल्लामै प्रयाप्त मापदण्ड रहेको भन्दै उक्त विषय अविलम्व संचालन गर्ने भएको हो ।मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा जिल्ला सदरमुकाम लिवाङ रहेको जलजला वहुमुखी क्याम्पसमा नेपाली विषयमा स्नातकोत्तर तहको पढाई हुने भएको हो ।

हाल जिल्लामा एउटा विषयमा मात्रै स्नातकोत्तर तहको पढाई हुदा विद्यार्थीको आवश्यकता पुरा नहुने हुदा नेपाली विषय पनि थप गर्नु पर्ने भएको हो । सवै संभावना रहेकाले अविलम्व स्नातकोत्तर तहमा नेपाली विषयको पठन पाठन अघि पढाउनु पर्ने रोल्पानगर पालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरले भन्नु भयो । रोल्पा नगर पालिकालाई आफुहरुले शैक्षिकहवको रुपमा विकास गर्ने योजना अघि सारेको वताउदै जलजला वहुमुखीक्याम्पसले संचालन गर्ने शैक्षिक कार्यक्रमले पनि यसलाई सहयोग गर्ने वताउनु भयो ।

मात्रात्मक रुपमा शैक्षिक संस्थाहरु आवश्यकतानुसार स्थापना भई सकेको वताउदै ती शैक्षिक संस्थाहरुलाई अव गुणमा वदल्नु पर्ने वताउनु भयो ।जलजला वहुमुखीक्याम्पस रोल्पाका पूर्व संचालक समितिका सदस्य फविन्द्र आचार्यले शैक्षिक विकासमा रोल्पाले फड्को मारेको वताउनु भयो ।

पढ्नकै लागी ठूलो धनरासी खर्च गरेर जिल्ला वाहिर जाने पर्ने वाध्यता रहेको स्मरण गर्दै अव स्नातकोत्तर तह सम्म जिल्लामै पढाई हुनु खुसीको कुरा भएको वताउनु भयो ।स्वतन्त्र विद्यार्थी यूनियन जलजला वहुमुखी क्याम्पस रोल्पाका उपसभापति विष्णु माझीले क्याम्पसले विद्यार्थीको माग वमोजिम स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा थप गरेकोमा खुसी व्यक्त गर्नुभयो।हाल शिक्षा शास्त्रतर्फ मात्रै स्नातकोत्तर तहको पठन पाठन भईरहेको वताउदै अन्य संकायमा पनि यो तहको पढाई हुनु पर्ने वताउनु भयो ।मध्यपश्चिम विश्व विद्यालय ग्राजुएट स्कूल अफ एजुकेशनका डिन प्राध्यापक याम वहादुर कार्कीले सरोकारवालाहरुले देखाएको चासोचिन्ता प्रति आफुहरु सकारात्मक भएको प्रतिकृया दिनुभयो । निर्धारित मापदण्डका आधारमा मूल्यांकन हुने वताउदै मूल्यांकन विना पक्षपात नगरिनेमा विश्वस्त रहन सरोकारवालाहरुलाई आग्रह गर्नुभयोे ।

मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सो क्याम्पसले शैक्षिक सत्र २०७९ देखी पठनपाठन हुने गरि शिक्षा शास्त्रतर्फ पाठ्यक्रम र मूल्यांकलन विषयमा पाठन पाठन भईरहेको क्याम्पस प्रमुख खेम खड्काले जानकारी दिनु भयो । नेपाली विषय संचालनका लागी पनि आवश्यक मापदण्ड पुरा भएको खड्काले जानकारी दिनु भयो ।नेपाली विषयमा स्नातकोत्तर कक्षा संचालनका लागि भौतिक तथा मानवीयश्रोत उपलव्ध रहेकाले तत्काल उक्त कक्षा संचालन गर्न सकिने वताउनु भयो।

विश्वविद्यालय समक्ष २ वटा विषय संचालनको माग गरिए पनि यस अघि एउटा विषयमा मात्रै स्वीकृती भएकाले यस पटक नेपाली विषय पनि स्वीकृत हुनेमा आफुहरु आशावादी रहेको वताउनु भयो ।छिमेकी जिल्लाहरुमा स्नातकोत्तर तहको पढाई सुरु भएको लामो समय पछि मात्रै रोल्पामा सो तहको पढाई सुरुभएको हो ।जिल्लामा स्नातकोत्तर तहको पढाई नभएपछि रोल्पाका विद्यार्थीहरुलाई दाङ,नेपालगंज, प्यूठान, वुटवल, काठमाण्डौ जानुपर्ने वाध्यता थियो ।

सम्भाव्यता अध्ययनका लागी मध्यपश्चिम विश्वविद्यालय स्कूल अफ एजुकेशनकाडीन प्राध्यापक याम वहादुर कार्कीको नेतृत्वमा उपप्रध्यापक रामप्रसाद कँडेल, हरिजंगकार्की, चन्द्रप्रकाश आचार्य संलग्न टोली रोल्पा आएको हो ।२०६१ सालमा स्थापना भएको जलजला वहुमुखी क्याम्पसमा सोही वर्ष मानविकी संकायमा पठनपाठन सुरु गरेको थियो । २०६२ सालमा शिक्षा संकाय र २०७० साल देखी व्यवस्थापनमा स्नातक तहमा पठन पाठन हुदै आएको छ ।

सो क्याम्पसमा हाल ४३७ विद्यार्थीले अध्ययन गरिरहेको क्याम्पस प्रमुख खड्काले जानकारी दिनु भयो। त्रिभुवन विश्वविद्यालयको संवन्धनमा रोल्पाको जुगारमा स्नातकतहको पठनपाठन हुने गरि अर्को क्याम्पस संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस