ताजा अपडेट

सुर्योदय मा.वि.मसिनाको प्र.अ.मा शिक्षक भानुभक्त शुवेदी पुनः नियुक्त


होलेरी- सुर्योदय मा.वि.मसिना रोल्पाको प्र.अ.मा भानुभक्त शुवेदी पुनः नियुक्ति हुनु भएको छ।

शुवेदी तत्कालीन १० बर्षे द्वन्द्व ताका समेत सोहि विद्यालयको प्र.अ.को भुमिकामा रहनु भएको पुरानो तथा अनुभव शिक्षकका रुपमा चिनिनु हुन्छ।पछि स्वास्थ्य अस्वस्थताका कारण उहाँले प्र.अ.को जिम्मेवारीबाट स्वेच्छिक रुपमा राजिनामा दिनुभएको थियो।

हाल प्र.अ.को जिम्मेवारी सम्हाल्दै आउँनु भएका शिक्षक धर्मबहादुर घर्तीले स्वेच्छिक अवकाश लिएपछि वि.व्य.स.को पुस ६ गते बैठकबाट शिक्षक भानुभक्त शुवेदीलाई पुनः प्र.अ.को जिम्मेवारी दिइएको वि.ब्य.स.अध्यक्ष प्रेमविबस घर्तीले जानकारी दिनुभयो।

अनुभवी र सोहि विद्यालयमा महत्वपुर्ण योगदान रहेका शिक्षक शुवेदीले प्र.अ.को जिम्मेवारी पुनः ग्रहण गर्नुले शैक्षिक,प्रशासनिक लगाएत चौतर्फी कुरामा सुधार हुने आफूहरुको विश्वास रहेको वि.ब्य.स.अध्यक्ष घर्तीले बताउँनु भयो।

वि.ब्य.स.अध्यक्ष घर्तीका अनुसार विद्यालयमा निमावि बाट माविको स्तरवृद्धि र मा.वि.बाट १२ कक्षासम्म स्तरवृद्धि गर्न प्र.अ.शुवेदीको महत्वपूर्ण भुमिका रहेको छ।

विद्यालयमा प्राबिधिक शिक्षा सञ्चालन गर्ने समेत नवनियुक्त प्र.अ.शुवेदीको लक्ष्य रहेको बताउँनु भएको छ।

प्रतिक्रिया दिनुहोस