ताजा अपडेट

रोल्पामा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिबिर सम्पन्न 

लिवाङ- निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिबिर रोल्पाको लिबाङमा सम्पन्न भएको छ । शिविर ३ दिन सम्म चलेको मोतियाबिन्द’ आँखा शिविरमा रोल्पा नगरपालिका बाट २६ जना पुरुष र ३६ जना महिला गरी जम्मा ६२ जनाको सफल शल्यक्रिया गरिएको छ। त्यस्तै ,माडी गाउँपालिका बाट ७ पुरुष र २० महिला गरी २७ ,सुनीलस्मृति गाउँपालिका बाट ३ पुरुष ४ महिला गरी ७ जना, लुङ्ग्री गाउँपालिका बाट ८ पुरुष १ महिला जम्मा ९जनाले सेवा लिएका छन ।, थवाङ गाउँपालिका बाट ८ पुरुष र ५महिला गरी १३ जना, सुनछहरी गाउँपालिका बाट ८ पुरुष र ४ महिलागरी जम्मा १२ जनाकोे सेवा सफल शल्यक्रिया गरिएको छ । परिवर्तन गाउँपालिका बाट १६पुरुष र १५ महिला ३१ जना तथा गंगादेव गाउँपालिका बाट ७ पुरुष र ६ महिला गरी १३ जनागरी जम्मा १७४ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको छ।
रोल्पा उद्योग वाणिज्य संघ र रोल्पा नगरपालिका सहयोग तथा समन्वयमा उता शिविरको आयोजना गरिएको थियो ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र रोल्पा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको आयोजनामा रोल्पा जिल्ला भरमा मंसिर १० गतेबाट मोतियाबिन्दु शिविरको आयोजना गरिएको थियो ।
जिल्लाका विभिन्न स्थानमा भएको मोतियाबिन्दु छनोट शिविरबाट छनोट भएका मोतियाबिन्दु बिरामीको मंसिर २८, २९ र ३० गते गरी ३ दिन सम्म तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको नेत्र रोग बिशेषज्ञको टिमबाट शल्यक्रिया गरिएको सामुदायिक आँखा केन्द्र रोल्पाका प्रमुख खड्क भाटले जानकारी दिए ।

जलजला प्रेसबाट साभार

प्रतिक्रिया दिनुहोस