होलेरी-बर्षमा एकपटक लाग्ने मेलाहरु पछिल्लो समय संकटमा पर्न थालेका छन्।रोल्पा जिल्लाका विभिन्न स्थानहरूमा परापुर्वकाल देखि लाग्दै आएका थुप्रै मेलाहरु छन्।
पहिले पहिले बर्षमा एकपटक लाग्ने मेलाहरुमा वरिपरिका मानिसहरु टाढा-टाढा बाट अघिल्लो दिन साझनै मेला भर्न पुग्ने गर्थे।मेलामा सुन्तला,बदाम,उखु,तरुल जस्ता स्थानिय उत्पादनहरु बेच्न लगिने प्रचलन थियो।मर्यादामा रहेर केटा र केटीहरुले ठाडी भाका र अन्य भाकामा गीत गाउँने प्रचलन थियो।
मेला त्यो थलो पनि जहाँ गाउँ-गाउँबाट वृद्धवृद्धाहरु आउँने र भेट हुने पर्व हो।यसका शाथै इष्टमित्र आफन्तहरु भेट हुने दु:ख,शुख साट्ने संगम स्थल पनि हुन्।
रोल्पा जिल्लामा पनि यस्ता थुप्रै मेलाहरु छन्।जुन बर्षमा एकपटक लाग्छन्।यि मेलापर्व कहिले देखि लाग्दै आए त्यसको कुनै अभिलेख छैन।सदियौँ देखि मेला लाग्दै आएको स्थानिय जेष्ठ नागरिकहरुको भनाई छ।
यि मध्येको एक ऐतिहासिक मेला रोल्पाको रुन्टिगढी गाउँपालिका वडा नं ७ भैसीकुट्टीमा चौरमा लाग्ने मेला हो।
परापुर्वकाल देखि लाग्दै आएको यो मेला तिहार भाइटिकाको चार दिन लाग्ने गर्दछ।
केहि बर्ष अघिसम्म जिल्लाका बिभिन्न ठाउँहरुबाट मानिस आउँने गर्दथे।यसका शाथै छिमेकी जिल्ला दाङ,सल्यान र प्युठानबाट समेत यो मेलामा मानिसहरु आउँने गर्दथे।
तर बिगत केहि बर्ष यता यो मेलामा उपस्तिथि ह्वात्तै घटेको छ।
पछिल्लो पुस्तालाई पनि यो मेला रोकिन लाग्दा समेत कुनै चासो छैन।सोरठी नाच यो मेलाको प्रमुख मौलिक आकर्षण रहेको थियो।यो बर्ष सनिवार यो मेलामा बदाम,तरुल,नाच,मानिसहरुको उपस्तिथि देखिएन।
परापुर्वकालिन मेला बन्द हुने अवस्था आउँनु निरासाजनक रहेको स्थानिय जेष्ठ नागरिकहरुको चिन्ता बढेको छ।
मौलिक संस्कृतिलाई जगेर्ना गर्न स्थानिय सरकारले चासो दिन आवस्यक रहेको छ।
ब्रिफिङ