छिन्नेटा- रोल्पाको रुन्टिगढी गाँउपालिका वडा नं ५ छिन्नेटा बस्ने स्वर्गीय लाल बहादुर भण्डारीको श्रीमती बालिका भण्डारीको निधन भएपछि शोकाकुल बनेको बिपन्न परिवारलाई रुन्टिगढी वडा नं ५ का वडा अध्यक्ष गोबिन्दबहादुर डाँगी र गाउँ कार्यापालिका सदस्य रिता केसीले सहयोग हस्तान्तरण गर्नु भएको छ।
छोरा बुद्दिलाल भण्डारीको आर्थिक अवस्था कमजोर भएर दु:खमा समस्या हुन सक्ने अनुमान गरेर उक्त शोकाकुल परिवारलाई वडा अध्यक्ष डाँगी र कार्यापालिका सदस्य केसीले ब्यक्तिगत रुपमै ५० किलो चामल,३.५ किलो दाल नुन,२ किलो चिनी,४ किलो आलु,४ किलो सोयाबिन,२ लिटर तेल र २ वटा लाइटर सहयोग स्वरुप हस्तान्तरण गरोएको रुन्टिगढी गाउँ कार्यपालिका सदस्य रिता के.सि.ले होलेरी खबरलाई जानकारी दिनु भएको छ।आफूहरू जनप्रतिनिधिका रुपमा सेवाका लागि पदमा रहँदा वडावासीको दु:खमा सकेको जति ब्यक्तिगत रुपमै भएपनि सहयोग गरेको कार्यपालिका सदस्य केसीको भनाई रहेको छ।
दुर्गममा मध्यम र बिपन्न स्तरको परिवारहरुको बसोबास धेरै रहेको र बिपन्नतालाई सम्पन्नतामा परिणत गर्न समय लाग्ने वडा अध्यक्ष डाँगीले बताउँनु भयो।`भौगोलिक बिकटता,सेवासुबिधा र शिक्षाको अभाव जस्ता कुराले पहाडी क्षेत्रका जनतालाई जिबिको पार्जनमा समस्या छ।यो हामि सबैको साझा नियति र बाध्यता हो।बिपन्नतालाई सम्पन्न्तामा रुपान्तरण गर्न हामिले दीर्घकालीन योजनाहरु अगाडि सारेका छौँ।आधारहरु तय गर्न सकियो भने आत्मनिर्भरतासंग जोड्न सकिन्छ।अल्पकालीन रुपमा वडाको छिन्नेटा स्थित बिपन्न शोकाकुल परिवारलाई आफ्नै भाग बाडेर सहयोग गरेका छौँ।उहाँहरुलाई पक्कै केहि राहत हुनेछ।´-वडा अध्यक्ष डाँगी।