ताजा अपडेट

रुन्टीगढी गाउँपालिका ५ नं वडा अध्यक्ष गोबिन्द डाँगीको निर्णय:प्रत्येक सनिवार श्रमदान गर्ने

डुबिडाँडा- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्दबहादुर डाँगीले प्रत्येक सनिवार जनतासंग वडामा श्रमदान गर्ने भएका छन्।

वडा अध्यक्ष डाँगीले अन्य बारहरुमा सेवाग्राहीहरुको सेवा गर्ने कार्यमा ब्यस्त रहने भएपनि सनिवारलाई पनि जनतासंग जोडिएर सामाजिक कार्यमा सहभागी हुने निर्णय गरेका हुन्।

जनप्रतिनिधिहरुको सेवा गर्ने समयावधि निश्चित हुने भएकाले अत्याधिक समय जनताकै सेवामा समर्पित गर्ने वडा अध्यक्ष डाँगीले होलेरी खबरलाई जानकारी दिए।

सामुहिक श्रमदान गर्दै

वडावासीले निकै बिश्वास,भरोसा,आशा र अपेक्षा सहित मलाई मनबाट मत दिनु भएको थियो।अब मैले जन सेवाबाट फिर्ता गर्नु पर्ने बेला भएको छ।आराम गर्ने समय कार्यकाल सक्किए पछि स्वत:आउँछ।अहिले जति सक्यो खटिएर सेवा गर्ने बेला हो।-उनले भने।

आजको सनिवार रुन्टीगढी गाउँपालिका वडा न ५ अन्तर्गत आर्थिक बर्ष ७९/८० अन्तर्गत ५ नं वडापालिकाको आर्थिक सहयोगमा सञ्चालनमा आएको साविकको नयाँगाउ र छिन्नेटा टोलका सर्बसाधरणका लागि पहुचबाट स्थापना गरिएको गाउँघर क्लिनिक सरसफाईमा वडा अध्यक्ष डाँगी सहभागी भएका छन्।

भाद्र ९ गते वडा अध्यक्ष गोविन्द बहादुर डाँगीको नेतृत्वमा वडा अध्यक्ष जनश्रमदान क्रार्यक्रम कन्चनजंगा आमा समुह र सयपत्री आमासमुह तथा नेपाल प्रहरिका बिरिस्ट हवल्दार चेतन के.सी.को समेत सहभागीता रहेको थियो।

प्रत्येक शनिबार वडा अध्यक्ष जनश्रमदान कार्यक्रम अन्तर्गत साविकका वडाका टोलहरुमा विकास पुर्वधार तथा जनताको जनजिविकाको सवालमा जोडिएर रुन्टीगढी गाउँपालिका वडा न ५ बासीमा उनले अनुरोध समेत गरेका छन्।

वडा अध्यक्ष डाँगी अघिल्लो कार्यकालको स्थानिय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर कार्यानुभव बटुलि सकेका छन्।

यस पटक नेकपा एमाले बाटै वडा अध्यक्ष पदमा निर्वाचित बनेका थिए।आफ्नो बिगतको अनुभव सहित प्रभावकारी ढंगबाट जनसेवा गर्ने उनले जानकारी दिए।

वडामा पालिकामा सिमित मात्रमा बजेट आउँने भएकाले एकै बर्षमा अपेक्षित परिबर्तनका काम गर्न नसकिने भएनपनि कम्तीमा आधारभुत आवश्यकता र नागरिकका दैनिकीमा सहजता ल्याउँने कुरामा श्रमदानले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने वडा अध्यक्ष डाँगीको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस