ताजा अपडेट

रोल्पा:बर्षातले मोटरबाटोमा खसेको पहिरो हटाउँदै युवाहरु

लुङ्ग्री- बर्षाताका कारण ठाउँठाउँमा पहिरो खसेर मोटरबाटो अवरुद्ध बनेपछि रोल्पामा एक युवा क्लबले श्रमदान गरेरै बाटो खोल्न शुरु गरेको छ।

रोल्पाको प्रमुख ब्यापारीक केन्द्र सुनिलस्मृती गाउँपालिकाको सुलिचौर बजार देखि लुङ्ग्री गाउँपालिका वडा नं ३ जुतुङखोलासम्मको मोटरबाटो ठाउँठाउँमा पहिरोले अवरुद्ध बनेपछि तालपोखरी युवाक्लब जुतुङखोलाको अगुवाईमा वडा सदस्य सहित अन्य युवाहरूको सक्रियतामा बाटो मर्मत कार्यको शुरुवात गरेको छ।

खाल्डाखुल्डी पुर्दै युवाहरू

`अविरल बर्षातले मोटरबाटो अवरुद्ध बनेपछि सवारी आवागमन ठप्प रह्यो।आवागमनमा समस्या आएपछि हामि स्थानियहरुलाई किनमेलका लागि बजारसम्म पुग्न असहज हुन थाल्यो।

यसका शाथै गाउँमा कोहि बिरामी परेमा आकस्मिक सेवाका लागि अस्पतालसम्म पुर्याउन कठिन हुन थालेपछि हामि स्तानिय युवाहरूको सहकार्यमा बाटो मर्मत गर्न जुट्यौँ।´क्लबका अध्यक्ष महेन्द्र न्यौपानेले होलेरीसंग बताए।
सोमबार बिहान देखि क्लबका पदाधिकारीहरु सबै जुटेर भिङ्ग्रीपाती देखि जुतुङ्गखोला सम्म अवरुद्ध सडकको पहिरो पन्छाइएको उनले बताए।उक्त कार्यममा हामिलाई वडा सदस्यले ज्युले पनि शाथ दिनुभयो।-उनले भने

प्राकृतिक समस्याले मोटरबाटोमा पहिरो झर्न थालेपछि स्थानिय आफूहरूले हेरेफेर गर्दा स्थानिय युवाहरूले श्रम गरेरै पहिरो पन्छ्याउन सकिने संभावना देखेपछि हामिले स्थानिय सरकारको मुख ताकेर नबसेको क्लब अध्यक्ष न्युपाले बताए।

मोटरबाटो मर्मतमा युवाहरू तयारीका शाथ अगाडि बढेको तस्वीर

युवा जनशक्तिले आफैले गर्न सकिने काममा आफ्नो कर्तव्य पालना गरेको उनको भनाई रहेको छ।पहिरो पन्छ्याउन लुङ्ग्री गाउँपालिका वडा नं ३ का वडा सदस्य प्रेमबहादुर खड्का,तालपोखरी युवा क्लबका सचिब नुमराज पुन स्थानीय खेलाडि झपेन्द्र खड्का,खिमबिक्रम खड्का ,
विशाल खड्का,तुलराम न्यौपाने,विशाल खड्का, कृष्ण रोका(प्रतिभा क्लिनिक सन्चालक),मोहन खड्का,प्रकाश बानिया लगाएत क्लबका पदाधिकारीहरुको अगुवाइ उपस्तिथि रहेको थियो।

प्रतिक्रिया दिनुहोस