ताजा अपडेट

मासिक ६० रुपियाँमा शिक्षण संघर्षले सफल बनाएको ब्रिटिश लाहुरेका पुर्व क्याप्टेन बुढा मगर

रोल्पा- राेल्पा रुन्टीगढी गाउँपालिकाको वडा नं १ दिसुन्धारा गाउँमा जन्मिनु भएका मानबहादुर बुढा मगरकाे बेलायती सेनामा भर्ती हुनुभन्दा अनेकौं जिबन संघर्षका कहाँनी छन्।आफ्नो पेशा र दु:ख र सामान्य परिवारमा जन्मनु भएको उहाँको जीवनमा धेरै ठुल्ठुला परिवर्तनहरु भए।

सुरुवातमा एउटा स्कुलमा शिक्षण पेशाबाट आफ्नो करिअर सुरु गरेका बुढाकाे `गाेर्खाली गाथा´ नामक पुस्तकमा साभार गरिएको मासिक ६० रुपैयाँमा शिक्षण पेशाबारे निकै संघर्षशिल र प्रेरणादायी छ।

हरेक सफल मानिसको जिबनमा पनि अनेकौं संघर्षहरु हुन्छन्।संघर्षका कहाँनीहरु प्रेरणा बन्दछन्।ब्रिटिश लाहुरेको
क्याप्टेन समेत भैसकेका उनै बुढा मगरको `गाेर्खाली गाथा´नामाक पुस्तकबाट साभार गरिएको मासिक ६० रुपैयाँमा शिक्षण पेशा र उहाँको शिक्षण यात्राको अनुभवबारे चर्चा यहाँ गरिएको छ।

बाबाको भनाइ ‘अब तेरो पनि जिम्मेवारी हो । मेरो होस फर्काएको थियो कि अब म युवक भइसकेको थिएँ । त्यस ठाउँमा सबैभन्दा बढी ८ कक्षा पढिसकेको थिएँ । मैले मेरो परिवार र समाजको लागि केही गर्नु थियो । बाबा र आमाको जिम्मेवारी (भारी) मैले बोक्नुपर्ने थियो । उहाँहरुको लागि पैसा कमाउनु थियो । साथै केही पैसा बचत गर्न सकिएमा मेरो पढाइलाई अगाडि बढाउन सक्थेँ तर के काम गरेर पैसा कमाउने भन्ने कुरामा म दोधारमा थिएँ । के मैले मेरो बाबाले झैं पेसागत रूपमा अर्काको भारी बोकेर पैसा कमाउने कामलाई निरन्तरता दिने ? तर मैले त्यसो गर्न सक्ने थिइनँ । त्यसैले कुन कामको सुरूवात गरौं भन्नेमा म अन्योलमा थिएँ ।

एकदिनको कुरा थियो । उही पुरानो स्कुल रिठाबोट प्रा.वि. बाट मैले कखरा सिकेको थिएँ । कक्षा ३ सम्म त्यही स्कुलमै पढेको थिएँ । त्यस विद्यालयको विद्यालय व्यवस्थापन समितिले पनि मेरो बारेमा जानकारी लिइसकेका थिए कि मैले स्कुलमा पढाउन चाहन्छु । तर त्यस स्कुलमा शिक्षकको दरवन्दी थिएन । स्कुलको खासै शाखा नभए पनि सोही पञ्चायतको वडा नं. १ र २ को लागि पुराना गाउँ भन्ने ठाउँमा एउटा सानो स्कुलको स्थापना गरिएको र त्यस स्कुलको लागि शिक्षक चाहिएकोले तयारी गर्न यसै रिठाबोट प्रा.वि.मा अस्थायी रूपमा रहेर शिक्षक तालिम लगायत पठनपाठन गर्ने गराउने मौका पाएको थिएँ । साथै पढाउन सुरू गरेदेखि मासिक ६० रुपियाँ तलब पाउने भएकोले निभ्न लागेको बत्तीमा तेल थपिएको थियो ।

ब्रिटिश लाहुरेमा हुँदा मानबहादुर बुढा मगर

जीवनरूपी दीपले उज्यालो दिने प्रायः निश्चित भएको थियो । आमा -बाबा साथै बहिनीहरु हर्षले गद्गगद भएका थिए । हाम्रो परिवारमा पनि एउटा शिक्षक बन्ने मानिसको जन्म भएको थियो । त्यति मात्र होइन कि सिङ्गो गाउँ नै उज्यालो बनेझैँ लाग्थ्यो । शिक्षक मान बहादुर बुढा मगरको गाउँ दिसुन्धारा । आहा ! कति रमाइलो । तर मलाई डर लागिरहेको थियो कि त्यति ठूलो अपेक्षा मैले कसरी पूरा गर्न सकूँला । आफ्नो पढ्ने रहरलाई समयको बाध्यात्मक कहरमा कैद गर्दै थिए। तर म आँट गरिरहेको थिए कि अब मैले आफूलाई परिमार्जन गर्दै समाज परिवर्तन गर्नेछु । म त्यसतर्फ लागे।

बाबाले भन्नुभएको ‘अब तिमी १८ वर्ष पुगिसकेको छौ, मैले तिमी जत्तिको उमेरमा दुईवटी स्वास्नी लिइसकेको थिएँ । अब तिमीले पनि बुहारी घरमा ल्याउनुपर्छ भन्ने आसयले काम गरेझैँ भयो । बाबाआमाको इच्छा पूरा गर्नेतिर पनि सोच्न थालें ।

घर,परिवार र समाजको जिम्मेवारीपूर्ण गहुंगो भारी बोक्नुको साथै नयाँ स्कुलको एकमात्र शिक्षकको रूपमा त्यस स्कुलमा पुगेर पढाउन सुरू गरे । नयाँ स्कुल भएको र त्यस ठाउँका जनताको शिक्षा प्रतिको कम चासोलाई चिर्दै शैक्षिक वातावरणको सिर्जना गर्नुपर्ने दायित्वसमेत ममा बढेको थियो । जेजस्ता समस्या भएता पनि मैले स्कुलको समयभन्दा बाहिरको समयअवधि समेतलाई सदुपयोग गर्दै त्यहाँको जनताको प्यारो शिक्षक बनेर विद्यार्थी संख्यामा उल्लेख्य वृद्धि गर्ने काममा सफल भइरहेको थिएँ । साथै सेरोफेरोको गाउँटोलमा प्रत्यक्ष पुगेर जनतासँग सरोकार भएको शिक्षा, स्वास्थ्य जनचेतना, संस्कार, संस्कृतिको विकास गर्ने र समाजमा भएका विकृति आदिको जरा उखेल्ने अभियानसमेतमा लागियो । ६ महिनाभित्रै त्यस ठाउको अनुहार फेरियो । म त्यो ठाउँमा राम्ररी भिजिसकेको थिए तापनि त्यहाँ लामो समयसम्म रहेर पढाउन पाइने कारण म अर्को स्कुलमा जानुपर्ने भयो ।

सोही गाउँ पञ्चायतको अर्को गाउँ बाजबाङ भन्ने ठाउँमा अर्का स्कुल थियो । प्रधानपञ्च लगायत अन्य शिक्षाप्रेमी समूहले मलाई त्यस स्कुलमा नियुक्ति दिएर त्यहाँको शैक्षिक वातावरणको पुन उत्थान गरिदिन मलाई आग्रह गरे । त्यो ठाउँ पनि आफनाे पञ्चायतभित्रकै गाउँ (स्कुल) भएकोले मैले पनि सहर्ष जान मञ्जुर गरे । पहिलो स्कुल रहेको ठाउँ, त्यहाँका जनता र वातावरण यस स्कुलमा पाउन सकिएन । यहाँको जनताहरु उनीहरुभन्दा अलि चलाख तर एकता नभएको पाइयो ।

संयुक्त रूपमा कुनै काम गर्नुपर्दा सहजै गर्न नसकिने थियो । तर मेरो जनसम्पर्क, मित्रवत् व्यवहार र जनचेतना अभिवृद्धि गर्ने क्षमताले उनीहरुलाई पनि सकारात्मक बनायो । म पनि त्यस ठाउँमा रहेर काम गर्न अभिप्रेरित भएको थिएँ ।

बाजबाङ गाउँ भएर दाङबाट रोल्पाको सदरमुकाम लिबाङ जाने आउने धेरै मानिसहरुसँग मेरो भेटघाट र कुराकानी हुन थाल्यो । स्कुल बाटोको नजिक भएकोले सम्बन्धित-असम्बन्धित | कर्मचारी साथीहरु तथा अन्य बटुवाहरुको आगमन हुने गर्थ्यो । उनीहरुसँगको भेटघाट, सम्पर्क एवम् समन्वयले पुनः मेरो अधुरा | इच्छालाई ब्युझाइदियो । मैले त अझै पढ्न बाँकी छ त । म किन यसरी सानो कुवाको पानीमा रमाइरहेको छु ? अब मैले आफ्नो पढ्ने सपनालाई पूरा गर्नुपर्छ । धेरै पढेर भविष्यमा नेपालको ठूलो मान्छे बन्नुछ । मातृभूमिको सेवा गर्नुछ । त्यसैले म अब अगाडि बढ्नुपर्छ । धेरै पढ्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएर सम्बन्धित निकायलाई सोही मुताबिक अनुरोध गर्दा उहाँहरुले पनि सहयोग गर्नुभयो । मलाई त्यस स्कुलबाट राम्ररी बिदाई दिनुभयो तर मलाई डर थियो, शंका थियो कि परिवारलाई कसरी सहमतिमा ल्याउन सक्छु तर आँट गरें । शिक्षकको बेडिङ, सरसामान बोकाएर घरतिर लागें मानौं एउटा लाहुरे तीन वर्षपछि पैसा र सुन बोकेर घर बिदामा पुग्दै थियो । बिचरा मेरो हालत । मसँग कति रुपियाँ थियो होला र ? तर मसँग अभिलाषाको गहुंगो भारी थियो जसलाई बोकेर मैले सगरमाथाको चुचुरोमा पुऱ्याउनु थियो । त्यसैले म त्यतातिर लागें ।

प्रतिक्रिया दिनुहोस