होलेरी- दक्षिण रोल्पाकै सबैभन्दा पहिले स्थापना भएको मावि विद्यालय महेन्द्र मावि होलेरीको विद्यालय होलेरी रोल्पाको आज विद्यालय ब्यबस्थापन समिति फेर बदल भएको छ।
रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरीमा अवस्थित विद्यालयको नयाँ ब्यबस्थापन समितिको अध्यक्षको जिम्मा सर्वसम्मत रुपमा रुन्टीगढी गाउँपालिकाका वडा अध्यक्ष टेकलाल पुनलाई दिइएको छ।
महेन्द्र मावि होलेरी रुन्टीगढी गाउँपालिकाको वडा नं ७ मा रहेकाले स्वयं वडा अध्यक्षलाई नै ब्यबस्थापन समितिको अध्यक्षको जिम्मेवारी सुम्प्दा विद्यालयको भौतिक तथा शैक्षिक अवस्थामा उल्लेखित सुधार पुग्ने अविभावकहरुको निष्कर्ष रहेको छ।
बुधवारको अबिभावक भेला,अबिभावकहरु,स्थानिय समाजसेवी तथा शिक्षा प्रेमीहरुले वडा अध्यक्ष पुनलाई विब्यस अध्यक्षको जिम्मेवारी दिएको हो।
होलेरीका स्थानिय समाजसेवी तथा शिक्षा प्रेमी सुवास चन्दको प्रस्तावमा सर्वसम्मत निर्णय पारित भएको थियो।
वडा अध्यक्ष पुन यस अघि पनि स्थानिय विद्यालयहरुमा ब्यबस्थापन समितिको अध्यक्षका रुपमा कार्यानुभव बटुलि सकेका छन्।वडा अध्यक्ष पुनले बिभिन्न संघसंस्थाहरुमा समेत कार्यानुभव बटुलेका छन् भने लामो समयदेखि कुशल समाजसेवीका रुपमा समाजसेवा गर्दै आएका समाजसेवीका छवि बनाएका ब्यक्ति समेत हुन्।
निवर्तमान बिब्यस अध्यक्ष नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य गोबिन्द पुन (नजर) रहेका थिए।निबर्तमान ब्यबस्थापन समितिमा पनि वडा अध्यक्ष पुन बिब्यस सदस्यको जिम्मेवारीमा रहेका थिए।