ताजा अपडेट

बोल्नलाई जिब्रो चल्दैन हिड्नलाई खुट्टा,मनमा भएका सुन्दर चित्र दुरुस्तै निर्माण गर्नुहुन्छ

जस्पुर- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ५ जस्पुर गाउँ निवासी ४४ बर्षिय कुल बहादुर डाँगि शारीरिक रुपमा अशक्त हुनुहुन्छ।उहाँको जन्मजात देखि नै दुबै खुट्टाहरु अशक्त छन्।

बोल्नलाई पनि उहाँको जिब्रो चल्दैनन्।हातको इसाराले कुराकानी गर्नुहुन्छ भने घर्सेर हिड्डुल गर्नुहुन्छ।

तर कुलबहदुर संग बिचित्रको चित्र बनाउने कला छ।बाँसबाटै विभिन्न किसिमका सुन्दर घरहरु,मन्दिरहरु,हवाईजहाँज मानिस,चराहरु लगाएतका आकृतिहरु निर्माण गर्नुहुन्छ।सारिरीक रूपमा अशक्त भए पनि उहाँसङ्ग सुन्दर कला छ।

उहाँको यस्तो बिशिस्ट कला र शिपको अहिले सम्म प्रचारप्रसार हुन सकेको छैन।परिवारमा एक वृद्धि बुबा,आमा र ३ भाईहरु,बुबाआमासङ्ग बस्नुहुन्छ।बुबाको पनि केहि बर्ष यता देखि दायाँ खुट्टामा समस्या देखिए पछि हिड्डुल गर्न समस्या छ।

कुलबहादुरको कलालाई व्यावसायिक बनाउन सकेमा कुलबहादुर लगाएत परिवारको जिबिका निर्वाह गर्न सजिलो हुने परिवारको अपेक्षा छ।

मनमा रहेका चित्रहरूलाई बास्तुकला मार्फत आकृतिमा बदल्ने कुलबहादुरको सुन्दर प्रतिभालाई स्थानिय सरकार लगाएत अन्य सम्बन्धित निकायहरूले प्रोत्साहन गर्नु पर्ने स्थानियहरुको भनाई रहेको छ।

मानिसको ताकत शरिरमा हुँदैन भन्ने कुरोको पुष्टि इतिहासमा शारीरिक रुपमा अशक्त थुप्रैले गरिसकेका छन्।

कुलबहादुरले पनि इच्छाशक्तिका अगाडि सबै कुराले घुडा टेक्न बिबस हुन्छन् भन्ने तर्कलाई बिचित्रका चित्रहरूले थप पुष्टि गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस