ताजा अपडेट

आउदो बजेटदेखि ग्वारखोला हाइड्याम्प टेन्डरमा लैजाने तयारी छ : मन्त्री मास्की

तुलसीपुर- लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कील दाङको तुलसीपुर स्थित ग्वारखोला जलाशयको काम आगामी बर्षदेखि सुरु गर्ने गरि तयारी थालेको बताएका छन् । विजौरी उद्योग बाणिज्य संघले आइतबार गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री मास्कीले प्रदेशको गौरबको आयोजनाका रुपमा उक्त जलासयलाई अघि बढाएको समेत बताए । “ग्वारखोला हाइड्याम्पलाई प्रदेशको गौरबको योजनाका रुपमा अघि बढाएर आगामी बजेटबाट टेण्डरमा लैजाने गरि तयारी गरेका छौं”,उनले भने“अहिलेको बजेटबाट सम्भाब्यता अध्ययनको काम हुन्छ ।”

प्रदेश सरकारले हाल सम्भाब्यता अध्ययनकालागि एक करोड रुपैँया छुट्याएको छ । सोही जलाशय निर्माण भएमा यस क्षेत्रको सिंचाईको समस्या हल हुने उहाँले बताए । त्योसंगै खानेपानी, पर्यटनलगायत सोही क्षेत्रको जीवनस्तर सुधारमा टेवा पुग्ने उनको भनाई छ ।

साथै उहाँले विजौरी बजारको थप विकासकालागि प्रदेश सरकारले पहल थालेको बताए । थारु राजा दंगीशरणले राज गरेको सुकौराकोटको इतिहास जोगाउनकालागि पनि प्रदेश सरकारले बजेट बिनियोजन गरेको उने बताए ।“राजाले राज गरेको स्थानका थुपै्र अवशेषहरु छन, त्यसलाई हामीले विकास गर्नुपर्छ, त्यो भनेको इतिहास हो”,उनले भने “त्यसकालागि अहिले पनि आफूले बजेट छुट्याएको र आगामी बर्ष पनि छुट्याइनेछ ।”

थारु समुदायले नै दाङको मानव सभ्यताको इतिहास जोगाएको भन्दै थारु समुदायको इतिहासलाई जोगाउनु पर्ने उनको भनाई रहेको छ। त्यस्तै उनले तुलसीपुर १९ स्थित संग्राम ब्यारेकमा जनयुद्धका घाइते,अपाङ्गता भएका ब्यक्तीहरुकालागि स्याहार केन्द्र स्थापना गर्नकालािग सम्भाब्यता अध्ययनको काम भइरहेको समेत बताए ।

संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का अध्यक्ष प्रेमनाथ योगी, पूर्व सल्लाहकार विष्णु चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए।

बाणिज्य उपाध्यक्ष डिल्ली खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब दिपक बस्नेतले गरेको थिए।

प्रतिक्रिया दिनुहोस