होलेरी- रोल्पाको होलेरी देखि प्युठान जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल स्वर्गद्वारी जोड्ने सडक खण्ड होलेरी देखि २ किलोमीटर अगाडि कालोपत्रे हुने भएको छ ।
संघिय सरकारको १ करोड १६ लाखमा सडक डिभिजन प्युठानको मातहत सडक स्तरोन्नतिको जिम्मा लिएको सी.अ. निर्माण सेवा काठमाडौंले सडकमा नाला निर्माण गर्ने तथा स्तरोन्नतिको कार्य अगाडि बढाएको छ ।करिब ८/१० वर्ष कालोपत्रे गरिएको उक्त खण्डमा हाल उप्किएर छेदविच्छेद बनिसकेको छ ।अहिले पुनः उहिँ सडक स्तरोन्नति गरेर कालोपत्रे गरिने भएको छ ।
तर अचम्मको कुरो के छ भने राष्ट्रिय सम्पदा सुचीमा रहेको धार्मिकस्थल पुग्न होलेरीको रुट भएर वर्षेनी हजारौं तिर्थयात्री आवतजावत गर्ने ब्यस्त रहने होलेरी-स्वर्गद्वारी खण्डको स्तरोन्नति साघुरो तरिकाले वन वे मात्रै गरिने भएको छ ।सडक कालोपत्रे पनि प्रिमिक्स कम्सल गुणस्तरको गरिने भएको छ ।राज्यले होलेरी स्वर्गद्वारी खण्डमा वर्षौँपछि २ कि.मि. स्तरोन्नति गर्ने चासो देखाएपनि डबल कटिङ नगरेर सडक यथास्थिति मै कम्सल ततिकाले कालोपत्रे गर्ने विषय उदासीनतायुक्त रहेको स्थानियहरुको गुनासो रहेको छ।
कामको जिम्मा लिएका निर्माण व्यबसायी शिवकुमार श्रेष्ठका अनुसार सडक सबै ठाउँमा साढे ५ मिटर चौढाह छैन ।कुनै-कुनै ठाउँमा ठुलो भएपनि कुनै ठाउँमा साघुरो छ ।यथास्थिति मै कालोपत्रे गर्ने सडक डिभिजनको अवधारणा अनुसार काम अगाडि बढाएको उनले जानकारी दिए।प्रिमिक्स कालोपत्रे ३/४ वर्ष मात्रै टिक्ने निर्माण व्यबसायी श्रेष्ठ बताउँछन्।यस अघि पनि कालोपत्रे भैसकेको सडक पुन: कालोपत्रे गरिन लाग्दा पनि वन वे र कम्सल गुणस्तरको कालोपत्रे दिगो विकास र शुरक्षित यात्राको अपेक्षा अनुरुप नरहेको स्थानीयहरु दुखेसो रहेको छ ।
भिडियो