होलेरी- रोल्पाको होलेरी देखि प्युठानको स्वर्गद्वारीसम्म जोड्ने मोटरबाटो बर्षातसंगै दिनानुदिन जिर्ण बन्दै गइरहेको छ।
रुन्टीगढी गाउँपालिकाको भुभागमा पर्ने सडक खण्डमा पनि अधिकांश स्थानमा सडक जिर्ण छ।सडक बिचमा ठुला खाल्डाखुल्डी छन् भने ठाँउ-ठाउँमा पहिरो खसेको छ।नाला समेत नहुँदा सडकमा पानी बगिरहेको छ।हिलाम्मे र जिर्ण सडकले यात्रामा नागरिकलाई शास्ती बढाएको छ भने सवारी दुर्घटनाको जोखिम बढाएको स्थानियहरु बताउँछन्।`आज भोलि अटो रिक्सामस सुर्पाल होलेरी गर्नै मुस्किल भैरहेको छ।कतिबेला के हुन्छ भन्ने स्थिति छैन।यात्रुहरु पनि डराउने गर्नु हुन्छ´-स्थानिय अटो चालक खिमबहादुर घर्तीले होलेरी खबरलाई भने।
रुन्टीगढी स्थानिय सरकारसंग आफ्नै डोजर समेत रहेको छ।गाउँपालिकासंग आफ्नै डोजर भएपनि नागरिकका शुरक्षित यात्राका लागि सडक मर्मत गर्न डोजर परिचालन नगर्नु गैरजिम्मेवारीपन रहेको सुर्पाल बजारका स्थानिय बालाराम जि.सी.ले गुनासो पोखे।धार्मिक पर्यटकीय स्थल प्युठानको स्वर्गद्वारी जोड्ने सडक खण्ड भएपनी रुन्टीगढी गाउँपालिका वडा नं १,२,३,४ का नागरिक सबैभन्दा बढी आवातजावत गर्ने सडक भएकाले स्थानिय सरकारले तत्काल उक्त सडक मर्मत गर्नु पर्ने जि.सी.को माग रहेको छ।
रुन्टीगढी गाउँपालिका भित्रका मुख्य सडक सञ्जालहरु नै जिर्ण अवस्थामा रहेका छन् भने गाउँ-गाउँ पुग्ने मोटरबाटोहरु झनै जिर्ण रहेका छन्।तर स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले मर्मतमा चासो देखाएको छैन।
भिडियो