ताजा अपडेट

रोल्पाको त्रिवेणी गाउँपालिकाको केन्द्र जुगार देखि नेपालगन्जसम्म बस सेवा सुरु


जुगार- रोल्पा जुगार नेर्पा बजारबाट नेपालगन्जसम्म सिधा बस सेवा सुरु भएको छ । जुगार देखि नेपालगन्ज सम्म पहिलो पटक  सिधा बस सेवा सुरु भएको हो ।

रोल्पा जलजला यातायात प्रा.लि.को बिशेष पहल र त्रिसिद्धेश्वरी यातायात प्रा.लि. र बागेश्वरी यातायात प्रा.लि.को सहकार्यमा  बुकिङ काउन्टर जुगारदेखि  शुक्रबार विधिवत रुपमा उद्धघाटन गरिएको छ ।


सो प्रालिले अब सिधै जुगार ,निगालपानि,कपुरकोट, तुल्सिपुुर ,अमिलिया, कोहलपुर हुँदै नेपालगञ्जसम्म  बस सेवा सुरु गरिएको जनाईएको छ ।

विगतका दिनहरुमा जुगारमा यातायात सेवा पुगे पनि  सिधै जुगार-नेपालगन्ज सम्म बस चल्न सकेका थिएनन ।  जुगार देखि नेपालगन्ज सम्म सवारी नचल्दा यहाका नागरिकहरुलाई तुल्सिपुरबाट अर्को  सवारी चेन्ज गर्नु पर्ने बाध्यता र झनजट थियो। अब सिधै नेपालगन्जसम्म नागरिकले सवारी साधन प्रयोग गर्दा सहज बातावरण हुने काउण्टरले जनाएको छ ।
अन्य सवारी साधनले चर्को भाडा असुल्ने, मनमरी ढंगबाट भाडा लिने गरेको जनाउदै अब त्यस्तो हुन नदिने र बिशेष गरेर बालवालिका, अपांगता र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखिने रोल्पा जलजला यातायात प्रा.लि.का महासचिव  वरमान बुढाले  बताए।

शुभकामना

प्रतिक्रिया दिनुहोस