ताजा अपडेट

घोराही-तुलसीपुर सडकखण्ड :खाल्डाखुल्डी टालियो,४ लेन बिस्तार अझै अल्पत्र

घोराही-तुलसीपुर सडक:खाल्डाखुल्डी टालियो,४ लेन बिस्तार अझै अल्पत्र

दाङ-दाङको घोराही-तुलसीपुर सडकखण्डमा बनेका खाल्डाखुल्डी टालिएको छ।

४ लेनको अबधारणासहित बिस्तार गरिएको सडक भने अल्पत्र अवस्थामै रहेकोछ।अल्पकालीन रुपमा यात्रा सहज बनाउँनका लागि सबै खाल्डाखुल्डीहरु टालिएको छ।

यस अघिसम्म घोराही-तुलसीपुर सडकखण्डको ठाउँ-ठाउँमा खाल्डाखुल्डी बनेका थिए।सञ्चार मन्त्री रेखा शर्माको निर्देशनमा सडक बिभाग दाङद्वारा सडक मर्मत कार्य सम्पन्न गरिएको हो।

पछिल्लो समय नागरिकलाई यात्रामा सहज भएको छ।यद्यपि अल्पत्र अवस्थामा रहेको ४ लेनको बिस्तारस्थलहरुमा दुर्घटनाको जोखिम भने कायमै रहेको छ।

प्रतिक्रिया दिनुहोस