ताजा अपडेट

नेशनल प्याव्सन भक्तपुरमा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं-नेशनल प्याव्सन भक्तपुरले सदस्य विद्यालयमा अध्यापनरत कक्षा १ देखि ७ सम्मका २५४ जना शिक्षकहरुलाई शनिबार एक दिने ADHD ( attention deficit / hyperactivity disorder ) र विद्यार्थी सिकाइ सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सुर्यबिनायक पार्टी भेन्यु गपलिमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा सदिक्षा सिटौलाले नेतृत्व गरेको ADHD कार्यक्रममा डा.प्रशंसा सिटौला,डा.सामना वली र डा.रचु तिमिल्सिनाले संयुक्त रुपमा ADHD के हो? ADHD भएको बालबालिकाहरु कसरी पत्ता लगाउने र कस्तो व्यवहार गर्ने भन्ने बिषयमा प्रष्ट पारेका थिए भने ADHD बिषयक प्रमुख वक्ता महाराजगन्ज टिचिङ अस्पतालका डा.मिलन पुडासैनीले यस बिषयमा थप जानकारी दिए ।

कार्यक्रमको दोश्रो चरणमा इन्स्पाएर एडुकेसनका प्रबन्धक ईन्द्र प्रसाईँले प्रशिक्षणमा शिक्षकहरुले आफ्नो सिकाईमा नविनतम् प्रयोग गर्ने तथा विद्यार्थीहरुको लागि शिक्षक सधै सकारात्मक हुनु पर्नेमा जोड दिदै संस्कार, लेखाई एवं पढाईको परिक्षण लगाएतका थप बिषयमा अभिमुखीकरण गरेका थिए ।

अभिमुखीकरण कार्यक्रमको औपचारिक समापनमा प्रमुख अतिथि नेसनल प्याव्सनका केन्द्रीय सह-अध्यक्ष सुवास न्यौपानेले शिक्षकहरुको लागि यस्ता प्रकारको प्रशिक्षणले सिकाईलाई परिस्कृत गर्ने र समय सँगसँगै युग सुहाउँदो शिक्षा प्रदानको लागि टेवा पुराउने भन्दै भक्तपुर नेसनल प्याव्सनको प्रशंसा गरे । सह-अध्यक्ष न्यौपानेले शिक्षकहरुले समर्पित भइ शिक्षण पेसामा लागे मात्र हामीले खोजेको जस्तो शिक्षाको गुणस्तर पाउनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस