ताजा अपडेट

शुक्रवार देखि केन्द्रिय प्रशारण लाइनको बिद्युत सेवा अबरुद्घ हुँदा रोल्पाको जनजीवन प्रभावित

रोल्पा,साउन ६
बर्षासँगै आएको हावाहुरीका कारण बिद्युत अबरुद्घ हुँदा रोल्पाको जनजीवन प्रभाबित बनेको छ ।
हिजो साझ करिव ५ बजे देखि मौसम बद्ली भई आएको हावाहुरी र बर्षाका कारण बिद्युत अबरुद्घ हुँदा जिल्लाको सञ्चारमा समस्या भएको छ । बिद्युत अबरुद्घ हुँदा मोबाईल फोन अफ भएका छन् भने जिल्लाबाट प्रकाशन–प्रशारण हुने छापा तथा बिद्युतिय सञ्चार बन्द भएका छन् ।
सुलिचौर र मिझिङ खुमेल आसपासमामा फल्ट भएको हुन सक्ने अनुमान गरिए पनि बिद्युत प्रशारण लाईनमा कहाँ समस्या भएको भन्ने पत्ता लाग्न नसकेका नेपाल बिद्युत प्राधिकरण रोल्पाले जनाएको छ ।
प्राधिकरणका अनुसार मर्मतका लागि टोली खटाइसकिएको छ । हावाहुरीका कारण टावरमा समस्या हुँदा जिल्लामा सञ्चालन हुने ईन्टरनेट सेवा समेत अबरुद्घ छ ।

प्रतिक्रिया दिनुहोस