ताजा अपडेट

पुर्वी रोल्पाको पर्यटकिय स्थल तिलाचन दह घेराबार कार्य सम्पन्न


सुनछहरी,साउन ३
उत्तरी पुर्वी रोल्पाको सुनछहरी गाउँपालिका १ घुस्बाङ सेरमको लेक क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय स्थल तिलाचन दह घेराबार गर्ने कार्य सम्पन्न भएको छ।लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० मा विनियोजित बजेट २० लाखको बजेटमा तिलाचन दह घेराबार तथा प्रतिक्षालय निर्माण कार्य सम्पन्न गरिएको स्थानीय कोमसिङ घर्तीमगरले बताउनुभयो ।
उच्च लेकक्षेत्रमा रहेको तिलाचन दहलाई सफा र स्वच्छ राख्न घेराबार गरिएको स्थानीय घर्तीमगरले बताउनुभयो उहाँले भन्नुभएको ” तिलाचन दह बाहिर बाट घुम्न आउने पर्यटनहरु र पशुचौपायहरुले फोहोर गर्ने भएकोले घेराबार गरि दहलाई संरक्षण गरिएको हो।”
साथै हिउँदमा पशु चौपाया जंगली जनावरहरुको खानेपानीको लागि ४ वटा गेटको समेत व्यवस्था गरिको छ।
प्रत्येक वर्षको साउने पुर्णिामा मेला लाग्ने किलाचन मन्दिरमा पुजापाठ गर्ने जाने पुजारीहरुको लागि र अन्य दिन तिलाचन भ्रमण गर्न जाने पर्यटनहरुको लागि प्रतिक्षालय समेत निर्माण गरिएको स्थानीय घर्ती बताउनुभयो ।उहाँले भन्नुभएको “वर्षादको समयमा मौसमले साथ नदिने पुजापाठ गर्न जानेहरु अलपत्र राम्रो तरिकाले बास बस्न कठिन हुने भएकोले पुजापाठ गर्न र घुम्न जाने पर्यटनहरुको सुबिधाको लागि प्रतिक्षालय निर्माण गरिको हो।”
मध्यपहाडी लोक मार्गको बागलुङ रुकुम सिमाना पातिहाल्ना देखि झन्डै ३० मिनेटको पैदल दुरीमा रहेको तिलाचन दहमा दैनिक जस्को पर्यटनहरु घुम्न,वनभोज खानआउने गरेको स्थानीयहरुको भनाई रहेको छ।
सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङदेखि एक दिनको पैदल यात्रा पछि पुगिने तिलाचन जान १ नम्बर वडा सेरमको आर्थिक वर्ष २०७९/०८० को बजेटमा घुस्बाङ गाउँ देखिकेहि माथीसम्म गोरेटो बाटो निर्माण गरिएको छ भने सुप्पाखोलामा झोलुङ्गे पुल निर्माण कार्यसमेत सम्पन्न गरिएको निवर्तमान वडा सदस्य मानित घर्तीमगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस