रोल्पा- रुन्टिगढी गाउँपालिकाको केन्द्र होलेरी देखि सालिवाङ मेल्टाकुरा कुर्जा हुँदै दाङको तुलसीपुर सम्म जाने ग्वारखोलाको मोटर बाटो केही समय अघि बाट अबरुद्ध भएको छ।
बर्षायामको समय सुरु भए संगै भारी बर्षातले गर्दा मोटरबाटो ठाउँ ठाउँमा पहिरो झरेको र बर्षौ देखि समस्या हुँदै आएको दाङ जिल्लाको सिमाना क्षेत्र नजिकै पर्ने रानिवास भन्ने स्थानमा खोला पर्ने हुदा बर्षातको उच्च पानीको तहले बाटो बिग्रेपछि पुल नहुदाका कारण कुनै पनि यातायातका सवारी साधनहरु चल्न नसक्दा आवत जावत ठप्प भएको छ।
उक्त मोटर बाटो बिग्रिएपछि यसको प्रत्येक्ष असर रुन्टिगढी गाउपालिका वडा न.७ र ८ का स्थानिय नागरिकका दैनिकी कष्टकर बनिरहेको छ।नागरिकको दैनिकीसंग जोडिएको यो मोटर बाटो अबरुद्धका कारण बिभिन्न काममा नराम्ररी असर पुगेको छ।स्थानिय नागरिकहरु दैनिक उपभोग्य सामग्री किनमेल गर्न तथा घरमा आफुले उत्पादन गरेको बस्तु दाङ लगेर बिक्रीवितरण गर्नबाट बन्चित भएका छन्।गाउमा कोहि ब्याक्ती बिरामी पर्दा डोको र स्टेचरमा बोकेर पैदल यात्रा गरि अस्पताल पुर्याउन समेत निकै कठिनाई बनेको छ।
बिगत का बर्षहरु देखिनै बर्षायामको समयमा यस्ता समस्या नागरिकले झेलिराख्नु परेको छ।स्थानीय सरकार स्थानीय जनप्रतिनिधि राजनीनैतिक दल बुद्धिजीवी लगायतका सरोकार वाला निकाय धेरै भए पनि ग्वारखोला-होलेरी मोटर बाटो सुधार एवं मर्मतमा सबै गैर जिम्मेवार बन्दै आएका छन्।यस मोटरबाटोका लागि कसैको ध्यान केन्द्रित हुन सकिरहेको छैन।केही महिना अगाडि रानिवास खोला स्थित पुल निर्माणका लागि डि पि आरको प्रक्रिया अघि बढाईएका तस्वीर वडा अध्यक्ष सहित अरुको समेत समाजिक संजालमा छरपस्ट देखिएका थिए।यसै बिषयमा स्थानीय राजनीति वृत्तभित्र एक अर्कामा वादविवाद खुबै चलेको थियो।तर पनि विभिन्न बाहाना प्रचारबाजि र राजनीतिकरण का कारण रानिवासमा पुल तत्काल बन्ने संकेत देखिएको छैन।
ग्वारखोला-होलेरी मोटरबाटो ठाउँठाउँमा पहिरो झरेर अवरुद्ध बनेको छ।रानिवास शित पुल बनाउन नसक्दा खोलाको उच्च बहाब बढेर पैदल यात्रीहरुलाई समेत खतराको जोखिम बढेको छ।रुन्टीगढी गाउँपालिका वडा नं ८ को अधिकांश भुभाग छिचोल्दै दाङ जोडिएको यस मोटरबाटो तत्काल सुधार गर्न नसकिने वडा नं ८ का वडा अध्यक्ष तुल्सी पुनले बताएकि छन्।बर्षात रोकिएपछि मात्रै सडक सुधार गर्न सकिने वडा अध्यक्ष पुनको भनाई रहेको छ।रुन्टीगढी गाउँपालिका वडा नं ८ कार्यालय मेलटाकुराबाट होलेरी बजार आउँने यस सडक खण्डको पनि बेहाल छ।कुर्जा,मेलटाकुरा,मगरगोरी,खसगोरी,खलिबाङ लगाएतका स्थानबाट सवारीसाधन होलेरी आवतजावत गर्न पनि नसकिने अवस्था रहेको छ।