ताजा अपडेट

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड साखा कार्यालय होलेरी रोल्पाद्वारा ४ लाख ३० हजार बीमा हस्तान्तरण

होलेरी- नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड साखा कार्यालय होलेरी रोल्पाद्वारा सञ्चालित केन्द्र नं १० को सदस्य रुन्टीगढी ९ साम्री निवासी चमेली बुढा मगरको २०८१ मंसिर २४ गते भीरबाट लडेर मृत्यु भएको र २०७८ चैत १८ गते साखा कार्यालय होलेरी रोल्पाबाट रु. २ लाख कर्जा लगेको उक्त कर्जाको अवधि ५ वर्ष गराएको सोहि अवधिभित्र उक्त सदस्यको मृत्यु भएको कारण लघु अमृत म्यादी जीवन बिमा दुर्घटना बिमा बापतको रकम रु. २ लाख कर्जा लिएकोमा त्यस रकमको दोब्बर रु. ४ लाख र काजकिरिया खर्च ३० हजार रुपैयाँ गरि जम्मा रु. ४ लाख ३० हजार मृतक सदस्यको श्रीमान मन बहादुर बस्नेतलाई २०८२ फागुन १३ गते हस्तान्तरण गरिएको छ ।

सररा अनुगमन अधिकृत अनिता श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका साखा कार्यालय होलेरी रोल्पाको साखा प्रमुख दिल्ली भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस