उकालोपनि ओरालोपनि एउटै पहाड ओर्लिदा उक्लिदा ओरालिमा छैनौँ बस उकालिमा थियौ मैले भुलेको छैन तिम्ले भुल्यौकी के गरयौ ?
त्यही पहाडको फेदिबाट सुरुभो एउटा सुन्दर प्रेम कहानी मैले भुलेको छैन तिम्ले भुल्यौकी के गर्यौ ?
हिडियो पहाडको उकालो थाक्नु स्वभाबिक थियो तिमी थाक्यौ म थाके मैले भुलेको छैन तिम्ले भुल्यौकी के गर्यौ?
त्यही थकानमा पहाडको घमण्ड थियो स्याउलाहरुले खस्रयाक खुस्रुक कुरा काट्दै थिए पीर नगर भन्दै सम्झाएको हु मैले भुलेको छैन तिम्ले भुल्यौकी के गरयौ ?
पहाडको टुप्पोमा पुगि बुकि फुलहरु शिरमा सजाइदिनु लालिगुरासलाई सुम्सुम्याउछु यहि तिम्रा आशा मैले भुलेको छैन तिम्ले भुल्यौकी के गर्यौ ?
कठिन थियो परिस्थिती तर तिम्रो उपस्थितिले मैले उकालो बिर्सिएको थिए सौभाग्य पहाडको टुप्पो सम्म तिम्रो साथ पाए मैले भुलेको छैन तिम्ले भुल्यौकी के गर्यौ?
पहाडको शिरमा पुगेसी समथर शहर देखयौ उकालिको प्रेमिल साथ भुलयौ त्यही शहरले तिम्रो मन जित्यो रोक्न खोजे एक्लै गयौ मैले भुलेको छैन तिम्ले भुल्यौकी के गर्यौ ?
मैले सुनेको सुन्न त पाएको छु खुसी लाग्छ त्यही शहरमा भब्य महलजस्तो घर छ अरे चिल्लो बाटो चिल्लै गाडिमा सफर गर्छौ अरे उकालिको सारथि म त यहि पहाडको ओराली झर्दै छु जहाँ स्याउलाहरुले कुरा काट्दै थिए हो त्यही नेर मैले भुलेको छैन तिम्ले भुल्यौकी के गर्यौ ?