घर्तिगाउँ: नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी माडी १ को सम्मेलन आज (बिहिवार) सम्पन्न भएको छ ।
अनेम संघ माडी १ का अध्यक्ष अञ्जली केसी वलीको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र माडी गाउँपालिका इन्चार्ज नन्द बहादुर पुन, अध्यक्ष भरत बहादुर बुढा मगर, सचिव वीर बहादुर घर्ती, १ नम्बर वडा इन्चार्ज आम बहादुर घर्ती, सरकारका वडा अध्यक्ष रोहित सिंह घर्तिमगर, १ नम्बर पार्टी अध्यक्ष बलसिङ घर्तिमगर अनेम संघ क्रान्तिकारी माडी गाउँपालिकाका कार्यबाहक अध्यक्ष बालिका सुनारलगाएतको उपस्थिति रहेको थियो ।
भेलाले पुन अञ्जली केसी वलीको अध्यक्षतामा २३ सदस्यीय अनेम संघ क्रान्तिकारी वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा टीका घर्तिमगर, सचिवमा पम्फा घर्तिमगर, कोषाध्यक्षमा हिरा सुनार चयन भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय पुनले महिलाले पाएको आजको अधिकार जनयुद्धले नै सम्भव भएको, महिलाले जनयुद्धमा ठूलो योगदान दिएको र महिलाहरु जनमुक्ति सेना भएर कार्य गरेको स्मरण गराउदै महिलाहरू कुनैपनि कर्म गर्न कमजोर नभएको स्पष्ट पारेका थिए । कार्यक्रमको संचालन पम्फा घर्तीमगरले गरेकी थिइन ।