ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

शिव पन्चायन मन्दिर जस्पुरमा चैत १८ गते भजन कृतन हुने,पण्डित सूर्यभक्त गुरागाईँ आउँदै

होलेरी- शिव पन्चायन मन्दिर रुन्टीगढी ५ जस्पुरमा यही चैत १८ गते सामुहिक भजन कृतन हुनेभएको छ ।मन्दिर संरक्षण समितिको आयोजनामा १८ गते बिहान १० बजेदेखि भजनकृतन कार्यक्रम आयोजना हुन लागेको स्थानीय एवं पण्डित रुद्रमणी शुवेदीले होलेरी खबरलाई जानकारी दिएका छन् ।भजन कृतन कार्यक्रममा भागवत वाचक एवं सनातन हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका पण्डित सूर्यभक्त गुरागाईँ आउँने उनले बताएका छन् ।

दाताहरूको स्वैच्छिक आर्थिक सहयोग र स्थानीयहरुको महिना दिन बढीको श्रमदानबाट निर्मित शिव पन्चायन मन्दिर परिसरमा गत फागु पुर्णिामाको अवसर पारी आर्थिक सहयोग र स्थानीयहरुको श्रमदानबाटै धर्मशाला समेत निर्माण गरिएको ५ नं वडाका निवर्तमान वडा अध्यक्ष एवं समाजसेवी यामबहादुर दशौदीले जानकारी दिएका छन् ।

उक्त दिन सबैको उपस्तिथिका लागि आयोजक समितिको निमन्त्रणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस