होलेरी- रोल्पाको रुन्टिगढी गाउँपालिका खेल क्षेत्रमा निराशाजनक अवस्था रहेको छ।बुधबार रोल्पा सदरमुकाम लिबाङमा सम्पन्न दोश्रो रोल्पा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी जनाएको रुन्टिगढी सबै १० पालिका मध्ये ९ औँ स्थानमा रहेको छ।रनिङ शिल्डमा सहभागी भएका रुन्टिगढीका खेलाडी अंकित बिकका अनुसार भलिबल खेलमा रुन्टिगढी पहिलोपटमै नकआउट भएको थियो।लङ जम्प,हाई ज,शर्ट फूट,ज्याप्लिङ थ्रो,दौड,रेले दौड लगाएतका विभिन्न खेल मध्ये अंकितले ४ सय मिटर दौडमा प्रथम स्थान हाशिल गर्न सफल भएका थिए।
त्यसपछि ज्याप्लिङ थ्रो र रेले दौडमा छात्रा र छात्र खेलाडीहरुले तृतीय स्थान हाशिल गरेका थिए।यी बाहेक रुन्टिगढीका खेलाडीले अन्य कुनै खेलमा स्थान जमाउन सकेनन्।
जिल्ला स्तरीय रनिङ शिल्डमा आयोजित जम्मा ६६ खेलमा ४ खेल मात्रै बाँकी रहदा रोल्पा नगरपालिकाले २६ स्वर्णपदक २२ रजतपदक र २० काश्यपदक हात पारेर पहिलो स्थान कायम गर्दा रुन्टिगढी गाउँपालिकाले भने १ स्वर्णपदक १ रजतपदक र २ काश्यपदक हात पारेर ९ औँ स्थानमा खुम्चिएको छ।रुन्टिगढीले लज्जास्पद पराजय बेहोरी रहदा छिमेकी पालिका त्रिबेणीले भने १७ स्वर्णपदक,१३ रजतओअदक र १६ काश्यपदक हात पारेर जिल्लामै दोश्रो स्थान कायम गर्न सफल भएको छ।

रुन्टिगढी गाउँपालिका आजसम्म खेल क्षेत्रमा पछाडि पर्नुको एउटै कारण भने खेल क्षेत्रमा लगानी गर्न स्थानिय सरकार निरीह बन्नु हो।पालिका स्तरमा खेल खेल्न वा अभ्यास गर्न हालसम्म पर्याप्त पालिका स्तरीय खेलमैदान छैन।रनिङ शिल्डका अधिकांश खेलमा पराजय बेहोरेर निराश बनेका अंकित बिकले गतिलो खेलकुद प्राङ्गण नभएकाले आफूहरू पछाडि परेको गुनासो गरे।स्थानिय सरकार रुन्टिगढी भने खेलकुद मैदान मात्रै पनि बनाउने गतिविधिमा देखिदैन।जुन खेलकुद जगत र खेलाडीहरुका लागि चिन्ताजनक पक्ष हो।
