ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

सगरमाथा युवा क्लब रुन्टीगढी ५ बाइजाद्वारा वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन

होलेरी- सगरमाथा युवा क्लब रुन्टीगढी ५ बाइजा रोल्पाद्वारा वडा स्तरीय खेलकुद प्रतियोगिता उद्घाटन
गरेको छ।

`राष्ट्रका लागि खेलकुद,स्वास्थ्यको लागि खेलकुद´भन्ने मूल नारा सहित बुधबार एक कार्यक्रमबिच बालकल्याण प्रा.वि.बाइजाको प्राङ्गणमा भलिबल खेलकुद कार्यक्रमको आयोजना गरिएको हो।क्लबका अध्यक्ष पुरण घर्तीको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिका निवर्तमान पालिका अध्यक्ष बालाराम बुढा मगरको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा रुन्टीगढी गाउँपालिका ५ नं वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीको बिशिस्ट आतिथ्यता एवं नेकपा (एमाले) रुन्टीगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेत,रुन्टीगढी ५ का वडा सदस्य यामप्रशाद बस्नेत,नेकपा (एमाले) रुन्टीगढी ५ वडा कमिटी अध्यक्ष ओबराज सेजवाल लगायतको सहभागीता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बालाराम बुढा मगरले खेलकुद जगतलाई उत्थान गर्नुको साटो स्थानीय सरकार रुन्टीगढीले पालिकास्तरिय  होलेरीको खेलकुद मैदान अल्पत्र बनाएर खेलकुद क्षेत्रलाई निरुत्साहित गरेको बताए।

भलिबल प्रतियोगिता कार्तिक १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।क्लबका सल्लाहकार स्वागत रुद्रमणी पुनको स्वागत मन्तव्यबाट शुरूवात भएको कार्यक्रमको सहजीकरण क्लबकि सचीव रमिता घर्ती मगरले गरेकि थिइन्।

प्रतिक्रिया दिनुहोस