ताजा अपडेट
भुल्यौकी के गर्यौ ?

सुनौलो बिहानी युवा क्लब रुन्टीगढी ९ गुनामले विविध कार्यक्रम आयोजना गरि बार्षिक उत्सव मनाउदै

होलेरी- सुनौलो बिहानी युवा क्लब रुन्टीगढी ९ गुनाम रोल्पाले आफ्नो ११ औं बार्षिक उत्सवको अवसर पारेर खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता,कुर्सी दौड प्रतियोगिता,एकल नृत्य,सामुहिक नृत्य,६ बर्ष मुनीका बेलून फुटाई प्रतियोगिता,भाले छोपाई,घैटा फोर र क्यारेमबोर्ड प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष राजन घर्तीले होलेरी खबरलाई जानकारी दिएका छन्।

कार्यक्रमबारे बिस्तृत जानकारी

बिगतमा विभिन्न सामाजिक कार्यक्रम गरेर सामाजिक योगदान पुर्याएको सुनौलो बिहानी युवा क्लबले आफ्नो गौरवमय ११ औं बार्षिक उत्सव मनाउन लागेकाले आयोजना हुन लागेका प्रतियोगिताका लागि इच्छुक समुह वा ब्यक्तिहरुले समयमै नाम दर्ता गर्न अध्यक्ष घर्तीको अनुरोध रहेको छ।कार्यक्रमलाई भव्य मनाउन उपस्थितीका लागि रुन्टीगढीवासीलाई आमन्त्रण गरेका छन्।

कार्तिक १० गते उद्घाटन भएर कार्यक्रम १३ गतेसम्म निरन्तर जारी रहने आयोजकले जनाएको छ।

शुभकामना

प्रतिक्रिया दिनुहोस