ताजा अपडेट

रुन्टीगढी गाउँपालिका वडा नं ५ मा वडा अध्यक्ष कप २०८१ को उद्घाटन

होलेरी- रुन्टीगढी गाउँपालिका वडा नं ५ मा वडा अध्यक्ष कपको उद्घाटन गरिएको छ ।

बिहिबार वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीको अध्यक्षता तथा रुन्टीगढी गाउँपालिकाकि उपाध्यक्ष सरिता के.सी.को प्रमुख आतिथ्यतामा गणेश मा.वि. धौलाबाङको प्राङ्गणमा एक कार्यक्रमबिच वडा अध्यक्ष कपको उद्घाटन गरिएको हो ।

पुस ६ गते सनिबारसम्म जारी रहने वडा अध्यक्ष कपमा जम्मा ६ प्रकारका खेलको आयोजना गरिएको छ ।२० हजार प्रथम राशिको पुरुष भलिबल,१० हजार प्रथम राशिको महिला भलिबल प्रतियोगिता,पुरुष रस्साकस्सी,महिला कुर्सी दौड,एकल नृत्य र घैटाफोर कार्यक्रमको आयोजना गरिएको छ ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रिका लागि खेलकुद भन्ने मूल नारा सहित आयोजना गरिएको उक्त वडा अध्यक्ष कप २०८१ उद्घाटन समारोहमा रुन्टीगढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धनि प्रशाद खड्का,ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापति,नेपाली काङ्ग्रेस रोल्पा जिल्ला सचीव तिल बहादुर बुढाथोकी(तिलक),रुन्टीगढी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भुपमणी पुन,वडा नं ७ का वडा अध्यक्ष टेकलाल पुन,वडा नं ९ का वडा अध्यक्ष चेतलाल खत्री,गणेश मा.वि.धौलाबाङका प्र.अ.चेत्लाल डिसी,बिव्यस अध्यक्ष याम बहादुर पुन लगायत स्थानीय राजनैतिक दलका प्रतिनिधि,आमा समुह,शिक्षक,विद्यार्थी लगायत सर्वसाधारणहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले खेलकुदलाई व्यावसायिकता बनाउन जोड दिनु पर्नेमा जोड दिएका थिए।

रुन्टीगढी गाउँ कार्यपालिका सदस्य रिता केसीको स्वागत मन्तव्यबाट शुरूवात भएको कार्यक्रम युथ अफ धौलाबाङको ब्यबस्थापन र रुन्टीगढी ५ नं वडा कार्यालय आयोजक रहेको छ। कार्यक्रमको सहजीकरण वडा सचीव टंक नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस