ताजा अपडेट

सुनौलो बिहानी युवा क्लब रुन्टीगढी ९ गुनामको ११ औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको उद्घाटन

होलेरी- सुनौलो बिहानी युवा क्लब रुन्टीगढी ९ गुनामले आफ्नो ११ औं वार्षिक उत्सवको अवसर पारेर खुल्ला भलिबल सहित विविध कार्यक्रमको उद्घाटन गरिएको छ।

समाजमा बिभिन्न समयमा सामाजिक कार्यक्रमहरु गर्दै लोकप्रिय छवि स्थापित गरेको सुनौलो बिहानी युवा क्लब रुन्टीगढी ९ गुनामले सनिबार एक कार्यक्रबिच शुभकामना आदानप्रदान तथा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गरेको हो।

क्लबका अध्यक्ष राजन घर्तीको अध्यक्षता एवं पुर्व सांसद तथा संविधान सभा सदस्य गोकुल घर्तीको प्रमुख आतिथ्यमा गुनामको प्राङ्गणमा कार्यक्रमको भव्य रुपमा उद्घाटन गरिएको हो।कार्यक्रमको बिशिस्ट अतिथि निवर्तमान रुन्टीगढी गाउँपालिका अध्यक्ष एवं नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य बालाराम बुढा,रुन्टीगढी गाउँपालिका उपाध्यक्ष सरिता के.सी.नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी अध्यक्ष अमृत बहादुर बुढा,नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचीव नेपबहादुर थापा,नेकपा(एमाले)रुन्टीगढी गाउँ कमिटी अध्यक्ष अमराज बस्नेत,रुन्टीगढी ९ नं वडा अध्यक्ष चेतलाल खत्री,ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापति,बालबोध प्रावि गुनामका प्र.अ.नारायण बाँठा लगायतका अतिथिहरुको सहभागीता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा संविधान सभा सदस्य गोकुल घर्तीले बर्तमान समयमा राजनैतिक दलहरू जुहारी खेल्ने जिम्मेवारी नभैइ बिकास र परिवर्तनका लागि काम गरेर जवाफ दिने स्थानमा रहेको बताएका हुन्।युवाहरूलाई स्वदेशमै रोजगारी स्थापना गर्न सक्ने वातावरणको निर्माण नभएपनि जनताका जीवनशैलीमा उल्लेखनीय रुपमा सुधार हुँदै गएको दाबी उनले गरेका हुन्।युवाहरूले अनुशासनमा रहेर खेलकुद जगतमा समर्पित गरेमा खेलकुद जगतबाटै आत्मनिर्भर बन्न सकिने र खेलकुदले स्वास्थ्यमा फाइदा गर्नुको शाथशाथै विश्वमाझ राष्ट्रिय पहिचान झल्काउने भएकाले युवा पुस्ताले खेलकुदमा चासो दिनु सकारात्मक बिषय रहेको बताएका थिए।

कार्यक्रममा गुनामको मौलिक संस्कृति पैसेरु नाँच प्रदर्सन गरिएको थियो।सुनौलो बिहानी युवा क्लबका संस्थापक अध्यक्ष खुम बहादुर बस्याल र क्लबलाई योगदान पुर्याउँदै आएका बालबोध प्राविका प्र.अ.नारायण बाँठालाई दोसला ओढाएर सम्मान गरिएको थियो।

सनिबार उद्घाटन भएको कार्यक्रम कार्तिक १३ गते निरन्तर सञ्चालन हुने क्लबका अध्यक्ष राजन घर्तीले जानकारी दिएका छन्।
कार्यक्रमको सहजीकरण स्थानीय समाजसेवी तथा अगुवा खेलाडी जयन्द्र के.सी.ले गरेका थिए।

प्रतिक्रिया दिनुहोस