डुब्रिङ- होलेरी देखि रुन्टिगढी वडा नं ६ को कार्यालय डुब्रिङसम्मको मोटरबाटो स्तरोन्नति हुने भएको छ।
लुम्बिनी प्रदेश सरकारको ५० लाख बजेटले मोटरबाटोको स्तरोन्नति गरिने रुन्टिगढी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष घनबहादुर घर्तीले होलेरी खबरलाई जानकारी दिनुभएको छ।
शहरी विकास तथा भवन कार्यालय रोल्पामा वडा नं ६ कार्यालयबाट आफूहरूले गत जेठ महिनामा मोटरबाटो स्तरोन्नति सहित अन्य ५ वटा योजनाहरु माग गरिएकोमा मोटरबाटो स्तरोन्नति योजना स्वीकृत भएको वडा अध्यक्ष घर्तीले बताउँनु भयो।
`बर्षात र हिउँदको समयमा कच्ची मोटरबाटोहरु हिलो र धुलोका कारण नागरिकले कष्टपुर्णमा यात्रा गर्नु पर्ने हुन्छ।वडा र पालिकामा सिमित बजेट हुने भएकाले मोटरबाटो स्तरोन्नति गर्न संभव नहुने भएपछि वडा कार्यालयबाट लिवाङ पुगेर हामिले मोटरबाटो स्तरोन्नतिको योजना माग गरेका हौँ।सफलता पनि मिलेको छ यसले वडावासीलाई पक्कै यात्रामा राहत मिल्नेछ´-वडा अध्यक्ष घर्तीले भन्नु भयो।
पहिलो चरणमा प्रदेश सरकारले होलेरी देखि वडा कार्यालयसम्म मोटरबाटो स्तरोन्नतिका लागि बजेट दिएकाले आगामी आर्थिक बर्षहरुमा उक्त मोटरबाटो कालोपत्रेको लागि समेत आफूहरू लागि पर्ने वडा अध्यक्ष घर्तिको भनाई रहेको छ।
स्तरोन्नतिको कामको जिम्मा टेन्डर प्रणाली मार्फत दिइने वडा नं ६ कार्यालय डुब्रिङले जनाएको छ।