ताजा अपडेट

लामो प्रयास पछि आफ्नै वडामा बस सेवा बिस्तार गर्न सफल भए रुन्टिगढी ५ का वडा अध्यक्ष डाँगी

होलेरी- रुन्टिगढी गाउँपालिका वडा नं ५ वडा कार्यालयको पहलमा सहिद मार्ग खण्ड अन्तर्गत घाेराही देखि पेदिखोला धाैलाबाङ हापखोला जस्पुर होलेरी द्वारपानी सम्म बस सेवा सुचारु भएको छ।

मंगलबार उद्घाटन समारोहमा बोल्दै वडा नं का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले जनताहरुको असुबिधालाई परिपुर्ति गर्नेबारे आफूहरूको एउटा सोचाई पूरा भएकाले यसलाई नियमित रुपमा सञ्चालन गर्न सम्बन्धित सबै निकायको भुमिका रहनु पर्ने बताएका छन्।

मंगलबार वडा नं ५ का सयौँ सर्वसाधारणहरु र विभिन्न सरोकारवाला निकायबिच नियमित रुपमा चल्ने गरि बस पुगेपछि माहोल हर्षित बनेको हो।जलजला यातायात प्रालिको बसले नियमित सेवा उद्घाटन गरेको छ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष डाँगीले समाजमा ठुल्ठुला भाषण र आश्वासनको आवश्यक्ता नरहेर बर्तमान अवस्थामा जनताका आधाभुत आवश्यक्ता परिपुर्ति गर्न सबै एकजुट हुनुपर्ने जिकिर गरे।यसका शाथै अनावश्यक राजनीति गर्ने योजनामा उल्लेखनीय रुपमा शाथ नदिनेहरुलाई वडा अध्यक्ष डाँगीले सर्वसाधारण जनताका हक अधिकार सम्झेर काम गर्न सुझाएका छन्।जनतानै सर्वेसर्वा रहेकाले अनावश्यक गतिविधि गर्ने र सामाजिक परिबर्तनमा शाथ नदिनेहरुलाई निर्वाचन बेला जनताले नै परिणाम देखाई दिने वडा अध्यक्ष डाँगीले चेतावनी दिएका छन्।म आफैले बाटो बिराए भनेपनी जनताले मलाई औला उठाएर खबरदारी गर्नु सक्नु पर्दछ।र अनावश्यक राजनीति गर्नेहरूलाई पनि जनतालेनै परिणाम देखाइदिनु हुनेछ-उनले भने।सामाजिक रुपान्तरणका कार्यमा सबै एकजुट हुनुपर्ने उनको अनुरोध समेत रहेको छ।

जनता सामु गरेको प्रतिबद्धता अनुरुप बस सेवा बिस्तार गर्न सफल भएको उपलक्ष्यमा हर्षित बनेर वडा अध्यक्ष र सदस्यहरूलाई ५ नं वडावासीले सम्मानका शाथ दुबोको माला लगाएर श्रृङ्गारेका थिए।

यस अघि वडा अध्यक्ष आफै ट्राफिक प्रहरी लगाएत सुरक्षा कर्मीका शाथ उक्त मोटरबाटो अबलोकन,सम्बन्धित यातायात प्रालिलाई अनुरोधका कार्यमा लागि पर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस