ताजा अपडेट

शहिदमार्गमा चरम लापरबाही र जोखिमपुर्ण कायमै,के हेर्दै छ प्रहरी?(भिडियो सहित)

रोल्पा- घोराही-होलेरी हुँदै रुकुम पुर्व जोडिएको शहिदमार्गमा जोखिम पुर्ण यात्रा निरन्तरता रहेको दृश्य छताछुल्ल देखिन्छन्।

शहिदमार्ग अन्तर्गत घोराही-होलेरी खण्डमा पनि रोल्पाको होलेरी नजिकैबाट बसहरुको हुडमा डरलाग्दो अवस्थामा यात्रु बसेर यात्रा गरेको देखिन्छ।

त्यस्तै आइतबार शहिदमार्ग अन्तर्गत होलेरी-दहबन नुवागाउँ सडक खण्डमा पनि यात्रुहरु डरलाग्दो तरिकाले हुडमा बसेको देखियो।दुई वटा बसको हुडमा यात्रु सवार थिए।

होलेरीखबरले यस बिषयमा प्रहरी चौकी नुवागाउँलाई गराएको ध्यानाकर्षणको प्रत्युत्तरमा प्रहरी चेकपोस्ट वरिपरि सवारीहरुले हुडमा यात्रु नराख्ने गरेकाले कारबाही गर्न समस्या भएको प्रहरी चौकी नुवागाउँका प्रमुख प्रहरी सहायक निरीक्षक बसन्त डाँगीले बताए।

`हाम्रो प्रहरी चौकिमा ट्राफिक प्रहरी नभएकाले हामिले यात्रु संख्या हेरेर सम्झाई बुझाई गरेर पठाउँने गरिरहेका छौँ।अशुरक्षित यात्रा गरेको पाइएमा हामिले कारबाही गर्छौँ।हाम्रो चौकि वरिपरि सामान्य अवस्थामै सवारीहरु आएका हुन्छन्-उनले भने।

ईलाका प्रहरी कार्यालय होलेरीमा दुई जना ट्राफिक प्रहरीको दरबन्दी रहेको छ।यद्यपि हालसम्म ट्राफिक प्रहरीहरुले अशुरक्षित र जोखिमयुक्त यात्रा रोक्न सकिरहेको देखिदैन।

केहि साता अघिपनि शहिद मार्गमा जोखिमपुर्ण यात्रा भैरहेको भयावह अवस्था देखेपछि होलेरीखबरले रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई जानकारी गराएको थियो।
त्यस बखत प्रमुख जिल्ला अधिकारी घिमिरेले जोखिमपुर्ण यात्रा र लापरबाहीलाई रोक्न तत्काल याक्सन लिने बताएका थिए।

तर हालसम्म पनि शहिदमार्गमा जोखिमपूर्ण यात्रा कायमै रहेको देखिन्छ।शहिदमार्गमा केहि महिना अगाडि मात्रै यात्रुबहाक बस दुर्घटना हुँदा धेरैले ज्यान गुमाएका थिए।

होलेरी आसपासमा यस्ता जोखिमयुक्त दृश्य देखिन्छन् तर प्रहरी र ट्राफिक प्रहरी निरिह सावित भैरहेका छन्।

चेकजाँच गरिरहेको ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक देविप्रशाद गैरेले जानकारी दिएका छन्।
प्रहरीले भने जस्तो सजिलै अशुरक्षित र जोखिमपुर्ण यात्रा न्यूनीकरण हुने संकेत भने देखिएको छैन।

भिडियो

प्रतिक्रिया दिनुहोस