ताजा अपडेट

होलेरी-ग्वारखोला रणनीतिक सडक गरियो कालोपत्रे,देखियो सुन्दर र आकर्षक(तस्वीर)

होलेरी- धार्मिक, ऐतिहासिक एवं पर्यटकिय गन्तव्य रोल्पाको होलेरी देखि पश्चिम दाङको बिजौरी जोड्ने होलेरी ग्वारखोला रणनीतिक सडक खण्ड कालोपत्रे गरिएको छ।

संघिय सरकारको ४६ करोड लागतमा पिके निर्माण सेवा दाङले हालसालै होलेरी देखि ५ किलोमिटर सडक खण्ड कालोपत्रे गरेको हो।रुन्टीगढी ७ को कोबाङ गाउँसम्म सडक कालोपत्रे गरिदा सडक अत्यन्तै सुन्दर र आकर्षक देखिएको छ भने यात्रुहरुलाई आनन्ददायी यात्रा गर्ने वातावरणको सृजना भएको छ।गुणस्तरीय तरिकाले सडक कालोपत्रे गरिएपछि स्थानियहरु खुसी भएका छन्।सडक दाङसम्म कालोपत्रे हुने दिनको प्रतिक्षामा रहेको समेत स्थानियहरुले बताएका छन् ।

तस्वीर

प्रतिक्रिया दिनुहोस