होलेरी- रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले निवर्तमान गाउँपालिका अध्यक्ष बालाराम बुढाले १० लाख मुनिका निर्माण कार्यहरू ठेक्कामा दिने गरेर आफूले च्याखे थापेर अवैध रुपमा पैसो कोटको गोजीमा राख्ने गरेको गम्भीर आरोप लगाएका छन्।
गत मंगलबार स्थानीय सरकार रुन्टीगढीलाई ज्ञापन पत्र बुझाउन पुगेका रुन्टीगढी एमाले नेता,कार्यकर्ताहरुको संग नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति एवं हालका गाउँपालिका अध्यक्ष पुनले निवर्तमान पालिका अध्यक्ष एवं नेकपा(एमाले)लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका बालाराम बुढालाई संगिन आरोप लगाएका हुन्।`हिजो ठेक्का हुन्थ्यो।त्यही क्रममा माथिको हलमा शुरक्षामा रहेका प्रहरी इन्स्पेक्टरलाई समेत अध्यक्षको पावर प्रयोग गरेर धक्का दिएर हलभित्र छिर्ने गरिन्थ्यो।च्याखे थापेर दुबै कोटको गोजीमा राख्ने चलन थियो।अहिले हामी आएपछि त भक्तपुर सम्मका मान्छेहरूले ठेक्का पाएका छन् ।च्याखे थाप्ने प्रवृत्तीको अन्त्य गरेका छौँ-´अध्यक्ष पुनले भनेका छन्।
एमाले नेताहरूले प्रमाण माग्दा चाहिँ उनले प्रमाण नभएको भनेर टारेका छन्।
भिडियो