ताजा अपडेट

रोल्पाको एक क्लबकाे स्थापना दिवस अवसरमा क्यान्सर पीडित ठाकुरलाई आर्थिक सहयोग

रोल्पा-राेल्पाकाे गंगादेब गाउँ पालिका वडा नं. ७ काे हिम शिखर जनजागरण  युवा क्लबको स्थापना  दिवसकाे अबसरमा ब्लड क्यान्सर पीडित १७ वर्षिय ठाकुर के.सि. लाई  उपचारको लागि केही रकम सहयोग हस्तान्तरण गरेकाे छ ।

हिमशिखर जनजागरण युवा क्लबले १२ बर्ष पूरा पुगेर १३ औ बर्षमा प्रवेश गरेको  हाे ।साेही अवसरमा  उपचारका लागि काठमाण्डाै टिचिङ हस्पिटल मा करिब एक महिना भन्दा बढी उपचारमा रहेका  
गंगादेब गाउँ पालिका वडा नं.७ बाहुनथाना निबासी १७ वर्षे ठाकुर  केसी लाई क्लबकाे स्थापना दिबसकै अबसरमा क्लबका  उपाध्यक्ष श्री कमला के .सी ,कोषाध्यक्ष श्री सरिता के. सी र कार्यसमिति सदस्य श्री झरना के सी को सक्रिय उपस्थिति मा बिरामिका दाइ महेन्द्र के सी लाई नगत रु ६९ हजार १ सय दश रुपैयाँ बिरामीको हस्तान्तरण गरिएको हाे ।क्यान्सर पीडित के.सी.काे आर्थिक अवस्था निकै नाजुक भएकाेले के.सी लाई भनेर उपचारको लागि  क्लबले  एक महिना अगाडि देखिनै  सहयोग संकलन अभियान संचालन गरेकाे थियोे । साथै साेही पीडितलाई भनेर हिम शिखर जनजागरण युवा  क्लब मार्फत सहयोग गर्ने सम्पूर्णलाई क्लबले धन्यवाद समेत व्यक्त गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस