दाङ-
दाङको लमही नगरपालिका र गढवा गाउँपालिकामा अनेरास्ववियुले ज्ञापन पत्र बुझाएको छ। अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी र दाङ जिल्ला कमिटीको समन्वयमा पालिका भित्रका शैक्षिक संस्थाहरुमा देखिएको समस्याबारे ध्यानकर्षण स्वरूप ज्ञापन पत्र पेश गरिएको हो।अनेरास्ववियुका लुम्बिनी प्रदेश कमिटी सदस्य विशाल चौधरी,दाङ जिल्ला कमिटी सदस्य दिपेन्द्र पुलामि र अनेरास्ववियु देउखुरी बहुमुखी क्याम्पसका इन्चार्ज शम्भु जिसीको नेतृत्वमा ध्यानकर्षण पत्र बुझाइएको हो।।
विधार्थी भर्ना,छात्रवृत्ति, निजि विद्यालहरुको मनपरी,संस्थागत विद्यालयले अंग्रेज़ी माध्यमका नाममा गरेको मासिक शुल्क आदिको विषयमा लमहि नगरपालिका अन्तर्गत शिक्षा शाखामा र गढवा गाउँपालिकामा पालिका अध्यक्षलाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण पत्र बुझाईएको अनेरास्ववियु लुम्बिनी प्रदेशका अध्यक्ष सन्तोष बाठाले जानकारी दिनु भयको छ।