ताजा अपडेट

रुन्टीगढी २ उमगढी पर्यटन विकास समितिको आयोजनामा भलिबल प्रतियोगिताको उद्घाटन

होलेरी- रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं २ उमा मा बिहीबार खुल्ला भलिबल तथा पालिका स्तरीय ब्यटमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

रुन्टीगढीको एक ऐतिहासिक एवं पर्यटकिय स्थल उमागढी पर्यटन बिकास समितिको आयोजनामा कार्यक्रमको उद्घाटन गरिएको हो।संस्थाका अध्यक्ष क्षितिज पुनको अध्यक्षता एवं नेकपा (माओवादी)केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन(नजर)को प्रमुख आतिथ्यमा उद्घाटन भएको खेलकुद कार्यक्रममा १७ टिम खेलाडीले नाम दर्ता गराएका छन्।खेलकुद कार्यक्रम बैशाख २३ गतेसम्म चल्ने आयोजक समितिले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले युवाहरू अनुशासन सहित अगाडि बढ्नु पर्ने समय आएको बताएका थिए।खेल जगत स्वास्थ्य र राष्ट्रका लागि निकै महत्त्वपूर्ण रहेको बताउँदै उनले खेलकुद क्षेत्रमा लगानी आवश्यक रहेको बताएका थिए।भौतिक विकास मात्रै पुर्ण विकास नरहेकाले चेतनाको स्तर उकास्न समेत खेलकुदको महत्वोपुर्ण भुमिका रहने उनको भनाई रहेको थियो।कार्यक्रममा स्थानिय राजनैतिक दल,जनप्रतिनिधि,समाजसेवी,खेलाडी,खेलप्रेमी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस