होलेरी- होलेरी बजार ब्यबस्थापन समितिको आयोजनामा बिहिबार होलेरी खुल्ला पुरुष भलिबल तथा अन्य विविध खेलकुद प्रतियोगिता कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ।
आज एक कार्यक्रमबिच रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले खेलकुद कार्यक्रमको उद्घाटन गरेका हुन्।बैशाख १२ गते हिजो उद्घाटनका लागि निर्धारित समय तालिका रहेता पनि प्राविधिक कारणले एक दिन ढिला उद्घाटन हुन पुगेको आयोजक समितिले जानकारी दिएको छ।खेलकुद कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सम्पुर्णमा उपस्तिथिका लागि होलेरी बजार ब्यबस्थापन समिति अध्यक्ष होम यरीले अनुरोध गरेका छन्।