ताजा अपडेट

बैशाख २० गते देखि रोल्पाको रुन्टिगढी २ उमामा पालिकास्तरिय खेलकुद प्रतियोगिता हुँदै

होलेरी- रोल्पाको रुन्टिगढी २ उमामा यहि बैशाख २० गते देखि पालिकास्तरिय खेलकुद कार्यक्रम हुने भएको छ।जसमा खुल्ला पुरुष भलिबल प्रतियोगिता र ब्याटमिन्टन प्रतियोगिता आयोजना हुने आयोजक समिति अध्यक्ष क्षितिज पुनले जानकारी दिएका छन्।

उमागढी पर्यटन बिकास समिति रुन्टिगढी २ ले `स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद´ भन्ने मुल नाराका शाथ पालिकास्तरिय खेलकुद आयोजनाको तयारी तीब्र गतिमा भैरहेको छ।उद्घाटनका दिन सम्पुर्ण खेलाडी,खेलप्रेमी,जनप्रतिनिधि,राजनैतिक दल लगायत सम्पुर्ण रुन्टिगवासीले उपस्तिथि जनाएर कार्यक्रमलाई भब्य रुपमा सम्पन्न बनाई दिन आयोजक समितिको अनुरोध रहेको छ।

प्रतिक्रिया दिनुहोस