होलेरी- रोल्पा जिल्ला अहिले एकैशाथ ३ मन्त्री पाएको छ।रोल्पाका संघ र प्रदेशका ३ माओवादी नेता सांसदहरुले एकैपटक ३ फरकफरक मन्त्रालय सम्हाल्ने अवसर प्राप्त गरेका छन्।
यस अघि पनि रोल्पाले थुप्रै पटक सरकारमा सहभागी हुने मौका पाउँदै आएको छ।यसपटक रोल्पाबाट प्रतिनिधि सभा सदस्य बर्षमान पुन (अनन्त)नेपाल सरकारको अर्थमन्त्री बनेका छन् भने रोल्पा प्रदेश (क) बाट लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा माओवादीको प्रदेश सभा संसदिय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीको सफत लिइसकेका छन्।यसका शाथै रोल्पा प्रदेश (ख) बाट लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुन(सिजल)ले पनि आइतबार बिना बिभागिय मन्त्रीको सफत ग्रहण गरेका छन्।
यसपटक रोल्पाले ठूलो अवसर पाएको छ।रोल्पाका जनताहरु रोल्पा र रोल्पालीहरु जिबनस्तर माथी उठाउने र बिकासमा मुहार फेरिने प्रतिक्षामा रहेका छन्।