होलेरी- आर्थिक बर्ष २०७७/०७८ मा रोल्पाको स्थानीय सरकार रुन्टिगढी गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसंगको सहकार्यमा निर्माण कार्य अघि बढाएको रुन्टिगढी ६ कोडारी डाँडास्थित पालिका स्तरीय खेलकुद मैदान अल्पत्र बनिरहेको छ।
नेकपा एमाले एवं तत्कालीन पालिका अध्यक्ष बालाराम बुढाको पालामा शुरूवात भएको उक्त खेलकुद मैदान कार्य तत्कालीन रुन्टिगढी संयोजक काङ्ग्रेस संयोजक एवं हालका पालिका अध्यक्ष जनक पुनले उक्त कार्यमा रोक लगाएका थिए।
प्रक्रिया नपुर्याएर कामको थालनी गरेको भन्दै सव-डिभिजन बन कार्यालय होलेरीमा उनले उजुरी दिएपछि कार्य रोकिन पुग्यो।तर हाल अध्यक्ष पुन आफै सरकार प्रमुख छन्।तर सिंगो पालिकाको गौरवको बिषय समेत रहेको उक्त खेलकुद मैदान कार्य सम्पन्न गर्न फर्केर नहेर्ने गरेको स्थानिय खेलप्रेमीहरुको गुनासो रहेको छ।
पालिकामै गतिलो खेलमैदान नहुँदा यस बर्ष सदरमुकाम लिवाङमा सम्पन्न रोल्पा जिल्ला स्तरीय दोश्रो राष्ट्रिपति रनिङ शिल्डमा रुन्टिगढी सबैभन्दा अन्तिम १० औँ स्थानमा खुम्चिन पुगेको थियो।