ताजा अपडेट

यसरी घरबाट भागेर काठमाडौं पुगेका गायक योगीले नेपाली सुगम संगितमा प्रभाव जमाए(भिडियो सहित)

दाङ- स्वर सम्राट नारायण गोपाल,गाय फत्तेमान र बच्छु कैलाश लगाएतका कालजयी गायकहरुले उचाईमा नेपाली आधुनिक संगितमा उनिहरु पछिको सुगम संगितको पर्यायको रुपममा श्रोताका मन मस्तिष्कमा आउँने नाम हो नेपाली सुगम संगितका कालजयी सर्वकालिन लोकप्रिय गायक शिशिर योगी।

उनै गायक योगीके राष्ट्र भक्ति गीत देखि आमा´ बोलका थुप्रै गीतहरू सहित माया प्रेम देखि विभिन्न सामाजिक बिषयबस्तुहरु समेटिएका गीतहरूमा आफ्नो जादुमय आवज भरेका छन्।यो देशमा म एउटा मानिस खोजिरहेछु´,`बोल्ने कोहि छैन गाउँमा पाहुना आउँदा घरको ढोका खोल्ने कोहि छैन।´जस्ता सयौँ सदाबहार गीतहरू गाइसकेका योगीले नेपाली सांगेतिक जगतको रंगिन आकाशमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न तथा सांगितिक क्षेत्रलाई मर्म सहित उचाईमा पुर्याउन योगदान गरिसकेका छन्।
२०२७ शालमा दाङ लमहीको बलराम पुरमा जन्मिएका गायक योगी नेपाली श्रोतामाझ जति लोकप्रिय छन् त्यो भन्दा बढी रोचक उनको बाल्यकाल र संघर्षको कहानी रहेको छ।गायक योगी काम विशेषले आफ्नो जन्मस्थल हालको लमही नगरपालिका वडा नं ६ बलरामपुर आएको मौका छोपेर होलेरी खबरका प्रबन्धक नन्दराम खड्काले राप्ती नदि किनारमा उहाँ जिबनी सहितको संवाद तयार पार्नु भएको छ।

सर नमस्कार यहाँलाई होलेरी खबरमा स्वागत छ।
नमस्कार तथा धन्यवाद नन्दराम जि।

सर आजकाल जन्मघर आउँनु भको रहेछ के कति कामले आउँनु भएको हो।
मेरो केही ब्यक्तिगत घरायसी काम परेकोले एक हप्ता देखि यतै छु।

यहाँको जन्मस्थलसंगको त्यो क्षणलाई कसरी सम्झनु हुन्छ?
मेरो जन्मस्थलबारे कुरा गर्नु पर्दा मैले जिबनमा कहिल्यै नबिर्सने क्षणहरु छन्।बास्तबमा म सदैब आफूलाई भुइँ मान्छे भन्न रुचाउँछु।किनकी म भुइँमै जन्मिएर यहि माटोमा हुर्किएको हुँ।यो राप्ती नदिमा त्यतिबेला प्रत्येक घरधुरीबाट पालैपालो डुङ्गा खियाउनु पर्थ्यो।हप्तामा दुई दिन विद्यालय छोडेर मैले पनि डुङ्गा खियाउथे।कोइलावास नाका आवातजावत गर्ने मानिसहरूलाई तार्ने काम गर्थ्यौँ।मेरो पालो पर्दाको दिन मैले स्वर सम्राट नारायण गोपाल,फत्तेमान लगाएत अग्रज कलाकारहरू गीत गुनगुनाउने गर्थे।डुङ्गामा बसेका मानिसहरु मख्ख पर्नु हुन्थ्यो।बडो रमाइलो मान्नु हुन्थ्यो।म सानो उमेरको थिए।डुङ्गाबाट पारी किनारमा पुर्याइ सकेपछि मलाई माया गरेर अंगालो मार्नु हुन्थ्यो।अत्यन्त रमाउनु हुन्थ्यो।ती क्षण आजपनी स्मरणमा आउँछन् बडो आनन्द लाग्छ।र यो राप्ती किबारको बाटो भएर अनेकौं बार घाँस दाउरा गएको छु।मेरा संगिहरु बठनियाहरु हुन्थे।बठिनिया भनेको अविवाहित चौधरी समुदायकि युवतीहरुलाई भनिन्छ।उनीहरुले मेरो गीत सुन्ने,मलाई काममा सहयोग गर्ने मेरो नजिक आउँने अत्यन्त अविस्मरणीय छन् ति दिन।

उ तपाईं बेला काठमाडौं कसरी जानू भयो?
म मेरा चौधरी सखाहरुसंग विद्यालय छुट्टी हुँदाको दिन राप्तीमा माछा मार्न जान्थे।उ बेला जम्मा ३५ रुपैयाँ प्रती किलो माछा बिक्री हुन्थ्यो।गायक बन्ने मनमा अविराम हुटहुटी थियो।घरको म माइलो छोरो थिए।काठमाडौं जान्छु उतै मिहेनत गरेर गीत गाउँछु भनौँ भने त्यो उमेरमा जान नदिने भैहाल्नु भो।त्यसपछि माछा मारेर ३०० रुपैयाँ जतिले काठमाडौं गएर मिहेनत गरियो।त्यसपछि मिहिनेतले पनि सार्थकता पाउदै गयो।

संगित के हो?
संगितको व्याख्या जति गरेपनी कम हुन्छ।जीव देखि जगतका समस्त चिज संगित हुन्।संगितबाट केही पनि चिज अछुत छैन।यो बिश्व भाषा हो।जसमा शब्द हुदैन।त्यहाँ ध्वनी हुन्छ।संगित यस्तो ध्वनि हो जसलाई कुनै पनि चिजले थुन्न सक्दैन।संगित यस्तो तरल हो जसलाई बग्न जसैले छेक्न सक्दैन।संगित ब्राह्मण्डिय ध्वनि जो ॐ बाट शुरु भएको छ।ॐ त्यस्तो ध्वनि हो जसमा सबै ध्वनि अटाउन सक्दछ्न्।संगित यहि हो भन्ने र यसलाई कुनैपनि परिधिभित्र गोलबद्व गर्न सकिँदैन।समग्रमा भन्नू पर्दा संगित प्रेम हो।र संगित शक्ति हो।

भिडियोमा

प्रतिक्रिया दिनुहोस