रोल्पा- केहि दिन अघि रुन्टीगढी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष टंकबहादुर पुनको स्वास्थ्यमा समस्या आयो।स्वास्थ्यमा समस्या बढ्न थालेपछि वडा अध्यक्ष पुन आफै मोटरसाइकल चलाएर उपचारका लागि दाङ पुगे तर स्वास्थ्यमा सुधार हुनु भन्दा क्रमश बिग्रदै गएर वडा अध्यक्ष पुनको अल्पायुमै ज्यान गुयो।उनि उपचारत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङले वडा अध्यक्ष पुनको स्वास्थ्यमा स्क्रव टाइफस नामक संक्रमणका कारण ज्यान गएको पुष्टि गरेपछि यो संक्रमणबारे सन्त्रास र जन चासो बढ्न थाल्यो।यहि बिषयमा होलेरी खबरका सम्पादक नन्दराम खड्काले प्राथमिक स्वास्थ्य केन्द्र होलेरीका प्रमुख डाक्टर एकता गिरी संग विशेष अन्तर्वार्ता लिनु भएको छ।
डाक्टर एकताजि,स्क्रव टाइफस कस्तो रोग हो??
स्क्रव टाइफस एक प्रकारको सरुवा रोग हो।यो मानिसबाट मानिसमा सर्दैन तर किटाणु माध्यमबाट सर्दछ।स्क्रव टाइफस भन्ने नाम चाहि शुरुमा श्रव टाइफाइड लाईक दिजिस् अङ्ग्रेजी नामबाट अएको हो।झासी तथा बुट्यानहरुमा एक प्रकारको किरा हुन्छ।यदि त्यो किराले टोक्यो भने स्क्रव टाइफस संक्रमण गराउने जिबाणु बोकेको रहेछ भने मानिसमा यसको संक्रमण हुन्छ।
स्क्रव टाइफसको लक्ष्यण कस्तो देखिन्छ?
सामान्य यो किरा पानी पर्ने समयमा सक्रिय हुन्छ।यदि जिबाणु बोकेको किराले टोक्यो भने औसतमा ६ देखि १२ दिनसम्म वा २१ दिनसम्म लक्षण देखिन्छ।टोकेको ठाउँमा चुरोटले पोलेको जस्तो रातो दाग बन्दछ।लगभग ५०% मानिसहरुमा यस्तो देखिन्छ।१०४ डीग्री भन्दा माथिको ज्वरो आउँन थाल्छ।शरीरको तापक्रम घटबढ हुने टाउको दुख्ने हुन्छ।उपचार पाइएन भने निमुनिया हुने हुन्छ।त्यसपछि मानिसको फोक्सो,कलेजो,मृगौला हुँदै दिमागमा समेत यसले आघात पुर्याउदछ।
अनी यसको उपचार के हो?
यसको संक्रमण गराउने किरा मुसाहरुमा वा घरपालुवा जनावरहरुमा हुन्छ।यदि यस किराले टोकेको थाह पाएमा वा शंका लागेमा सबैभन्दा पहिले नजिकको स्वाथ्य चौकिमा पुगेर स्वास्थ्य परिक्षण गर्नु पर्दछ।यसको संक्रमण समयमै निदान गराएर उपचार गराएमा सामान्य उपचारले पनि निको भैहाल्छ।
यसको संक्रमणबाट बच्न सावधानीको उपाय के के हुन सक्ला?
पहिलो कुरा आफ्नो दैनिक काम गर्न झासी,बुट्ट्यान वा खेतबारीमा जाँदा लामा बाउला भएका कपडा लगाउने,टोपि,पन्जा र खुट्टामा बुट लगाउने।यदि यस्ता किराले टोकि हालेमा न आत्तिने समयमै नजिकको स्वास्थ्य चौकी गएर उपचार गराउनु पर्दछ।
पुरा अन्तर्वार्ता भिडियोमा हेर्नुहोस्