होलेरी-रोल्पामा नेपाली काङ्ग्रेसका एक वडा सभापतिले अटो ब्यबसायको शुरूवात गरेका छन्।
नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका वडा नं ९ का पार्टी सभापति शेरबहादुर दशौदीले बिगत एक महिना देखि रुन्टीगढी गाउँपालिका भित्र अटो चलाउँदै आइरहेका छन्।
सभापति दशौदीले अटो ब्यबसाय शुरु गरेपछि जनमानसमा सकारात्मक संदेश प्रवाह भएको छ।राजनीतिज्ञले भाषण छाटेर तथा ठुला नेताहरूका चाकडी गरेर मात्र खानु हुँदैन भन्ने तर्कलाई उनले व्यबहारमा उतारेका छन्।आम जनता जस्तै पेशामा जोडिदा आफूलाई बेग्लै खालको खुसी मिलेको उनि बताउँछन्।
उनै वडा सभापति दशौदीसंग होलेरीखबरका सम्पादक नन्दराम खड्काले संवाद तयार पार्नु भएको छ।
भिडियो