ताजा अपडेट

रुन्टिगढी स्थानिय सरकारलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको छ:निवर्तमान पालिका अध्यक्ष बुढा मगर(भिडियो सहित)

होलेरी- रुन्टिगढी गाउँपालिका निवर्तमान अध्यक्ष एवं नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बालाराम बुढा मगरले जनक पुन नेतृत्व स्थानिय सरकार रुन्टिगढी २ बर्षमै असफल बनिसकेको बताएका छन्।उनले स्थानिय सरकारलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको बताएका छन्।

आइतबार होलेरी खबरका प्रमुख नन्दराम खड्काले रुन्टिगढी गाउँपालिका निवर्तमान अध्यक्ष बुढासंग कुराकानी गर्नु भएको छ।

बालाराम बुढा ज्यु होलेरी खबरमा स्वागत छ।
धन्यवाद।

तपाईंको कार्यकाल ५ बर्ष विवादै विवादमा बित्यो काम गर्न सक्नु भएन नि?

त्यसो होईन २०७४ को स्थानिय तहको निर्वाचनमा मैले रुन्टिगढी गाउँपालिकाको अध्यक्षको रुपमा नेकपा एमाले पार्टीबाट जनताकोबिचमा जाने अवसर प्राप्त गरेको थिए।
र त्यतिबेला मुख्यत २ कुरा मैले अगाडि सारेको थिए।सुशासन र पार्दशिता हामी त्यसैमा अडिक रहेर कार्यकाल सम्पन्न गर्यौँ।

जनताकोबिचमा जाने अवसर पाउँनु भो तर काम गर्न सक्नु भएन नि?

काम नभएको भन्ने कुरासंग म सहमत छैन।हामिले धेरै कामहरू गरेका छौँ।

रुन्टिगढीको गौरवका आयोजनाका रुपमा देखिने गरि गर्नु भएको कुनै ५ वटा कामहरु भनिदिन सक्नु हुन्छ?

५ वटा मात्रै होईन हामिले ५ बर्षमा गरेका काम जतिपनि भन्नू सक्छु।हामी निर्वाचित भैसकेपछि होलेरीको सेवाकेन्द्रस्थित कार्यालय प्रवेश गर्दै गर्दा पर्याप्त संरचनाहरु थिएनन्।
शुरुमा हामिले पालिका अध्यक्ष र उपाध्यक्षले एउटै कार्यकक्षमा बसेर कार्यसम्पादन गर्नु पर्ने बाध्यता थियो।त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत,प्रशासन शाखाका कर्मचारी र लेखाका कर्मचारीले पनि एउटै कोठामा बसेर सेवा दिनु पर्ने बाध्यता थियो।

हामिले हाम्रै पालामा विशाल महल निर्माण गर्यौँ।जहाँबाट जनतालाई सेवासुबिधा प्रवाह गर्न सजिलो भयो।सबै शाखाहरुको आआफ्नै कार्यकक्ष निर्माण भए।सभाहल निर्माण भयो।जसले गर्दा जनतालाई सुबिधा हुने भएको छ।

पालिकाबाट सबै ९ वडामै पुग्ने सडक सञ्जालको बिस्तार गर्यौँ।त्यसपछि जनतालाई सुबिधा होस् भनेर ति सडकहरू नियमित रुपमा सञ्चालनमा ल्यायौँ।

त्यसगैरी बर्थिङ सेन्टर स्थापना गर्ने कामहरू भए।१ नं वडाको लिबाङीआँपमा वडा कार्यालय भवन निर्माण भयो।स्वास्थ्य चौकी भवन पनि निर्माण गर्यौँ।
वडा नं ३ को कार्यालय भवन पनि निर्माण सम्पन्न भयो।त्यहाँपनि स्वास्थ्य चौकी भवन निर्मा गर्यौँ।
वडा नं ८ कार्यालयको पनि भवन,स्वास्थ्य चौकी निर्माण गर्यौँ।

यस्ता अनेकौं काम भएका छन्।जुन सानदार ढंगले कार्यकाल सम्पन्न गरेका छौँ।जुन दिउँसोको घाम जस्तै छर्लङ्ग छन्।

तपाईंको पालामा बेथिति पनि मौलायो नि कोभिड महामारीमा राहत वितरण गर्ने भनेर लिएको चामल कुहाउनु भयो।कोदारी डाँडाको पालिकास्तरिय खेलकुद मैदान अल्पत्र छोड्नु भयो।

खासगरी कोभिड १९ को महामारी शुरु भैसकेपछी मलाई एकदिनको सम्झना आयो।एकदिन क्वारेन्टाइनमा २८ सय जनासम्म मान्छे हुनुहुन्थ्यो।

त्यो बेला हामिले जनताको ज्यानको शुरक्षाका निम्ति बाच्ने अधिकार ग्यारेन्टी गर्नका निम्ति हामिसंग जोडिएका उपाध्यक्ष,वडा अध्यक्षहरु,सदस्यहरु र कार्यपालिका सदस्यसम्म सबै समग्र जनप्रतिनिधि र कर्मचारी परिचालित भएर बिपद ब्यबस्थापनमा खट्यौँ।

खेलमैदानको कुरा उठाउनु भयो यसबारे तत्कालीन हाम्रो गाउँसभाले त्यो खेलमैदान कहाँ बनाउने भन्ने कुरा टुंगो लगायो।र प्रदेश सरकारले एक पालिका एक खेलमैदानको कार्यक्रम अगाडि सारेको थियो।

त्यो कार्यक्रम कोदारी डाँडामा हामिले खेलमैदानको शुरूवात गर्यौँ।त्यो शुरूवात गर्दा तत्कालीन काङ्ग्रेसका सभापति अहिलेका गाउँपालिका अध्यक्ष जनक पुनले बन कार्यालयमा उजुरी हालिसकेपछी अल्पत्र परेको हो।
अहिलेसम्म पनि त्यो अल्पत्र छ।
यो सरकारले कम्तीमा त्यसलाई समात्न सक्नु पर्थ्यो।

तपाईंहरुको राजनैतिक स्वार्थले यहाँका खेलाडी र खेल क्षेत्रमा मर्का पर्यो नि अध्यक्ष ज्यु?

हो यहाँको खेलाडी र खेलप्रेमीहरुलाई मर्का त परेकै छ।तर यसको जवाफ बर्तमान पालिका अध्यक्षले दिनु पर्छ।किन त भन्दा अहिले पालिकाको करिब २ बर्षको कार्यकाल सम्पन्न हुँदै छ।तर उहाँहरुले गरेको गतिविधि हेर्दा उहाँहरुले नेतृत्व गर्न सम्पादन गर्न सकिरहनु भएको छैन।

यो खेलमैदान हिजो उहाँ आफैले बन कार्यालयमा उजुरी दर्ता गरेर काम रोकिएको हो।जवाफ उहाँलेनै दिनु पर्छ।

तपाईंहरुलाई पनि तत्कालीन समयमा विभिन्न स्वार्थ राखेर खेलकुद मैदानको काम असार मसान्तमा शुरु गर्नु भएको थियो भन्ने आरोप छ नि?

गाउँ सभाले स्वीकृत गरेर कार्यान्वयन गर्ने चरणमा अलिकति ढिला भएकै हो तर त्यो एउटा समिति मार्फत हामिले काम अगाडि बढाएकै थियौँ।बास्तबमा त्यतिबेला राजनैतिक प्रतिशोधका कारण त्यतिबेला बिरोध गरिएको थियो।

अस्ति होलेरी बजारको मेला/महोत्सव लाउँदा खेरी त्यही मैदानमा उद्घाटन गर्नु भो अहिलेका पालिका अध्यक्षले।
उहाँलाई लाजपनी लाग्नु पर्ने हो।किनभने हिजो त्यहाँ काम रोक्नका निम्ति उहाँ आफै अग्रसर हुनुएको थियो।

बर्तमान रुन्टिगढी गाउँपालिका स्थानिय सरकार सञ्चान कसरी भैरहेको छ?तपाईं एक कार्यकाल अध्यक्ष बनिसकेको हिसाबले बताइदिनु न?सन्तोषजनक छ कि छैन?

अहिले देखिन्छ दिउँसो कस्तो रहने भन्ने कुरा बिहान सुर्य उदाउँदा खेरी संकेत गर्छ भने जस्तै अहिलेको यो सरकार २ बर्ष पुग्दै छ।

तर अहिलेसम्म हेर्दा २ बर्षसम्म उसले आफ्नो गति पकड्न सकिरहेको छैन।उसले के पकडेको छ त भन्दा उसले नितान्त आफ्नो कार्यकर्ता भर्ती,आफन्तहरुलाई जागीर खुवाउने त्यो खालको गतिविधि बाहेक अरु केही देखिदैन।

म दाबीकाशाथ भन्छु बास्तबमा यो स्थानिय सरकार जनताप्रति उत्तरदायी छैन।

हामी नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधि लगाएत हाम्रो पार्टीले यो २ बर्षे जनक पुनको नेतृत्वमा भएको थानिय तहको सरकारको समिक्षा गरेर पार्टीको धारणा बनाएर हामी जनताकाबिचमा जानका निम्ति हामी तयार छौँ।

महिला नगर प्रहरीको लिखित परिक्षाको नतिजा पालिकाले ५ महिनासम्म सार्वजनिक गरेन।तपाईंहरुपनी तै चुप-मै चुपको अवस्थामा हुनुहुन्छ त?

त्यो बिषयमा अस्ति एउटा मिडियाले बाहिर लिएको सुने।त्यसपछि मैलेपनी चासो राखे।त्यो मलाई लाग्छ खास लिनुपर्ने आफ्नो मान्छे पास नभएपछिको अहिलेसम्म होल्डमा राखिएको छ।

यसको जवाफ यहाँको प्रमुख प्रशासकिय अधिकृतले दिनुपर्छ।प्रमुख प्रशासकिय अधिकृत भनेको यहाँको रुन्टिगढीवासीको कर्मचारी अभिभावक नेतृत्व कर्ताको पद हो।साझा भएर काम गर्न मेरो आग्रह छ।

आगामी माघ ११ गते हुन गैरहेको राष्ट्रियसभा सदस्यमा रोल्पाबाट तपाईंको पार्टीबाट उम्मेदवार बन्ने अवस्था कस्तो छ?

अहिले संभावना छैन।तर हामी हाम्रो संगठन बलियो बनाउने गरि रोल्पा र लुम्बिनी प्रदेशमा अगाडि बढिरहेका छौँ।

भिडियो

https://youtu.be/2ZOJCGuLE2Y?si=DrFy8gOzpITm9SSH

प्रतिक्रिया दिनुहोस