लुम्बिनी- भदौ १६ र १७ गते हुन गइरहेको नेकपा एमाले पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको तयारीमा अहिले देशभरबाट एमाले नेता तथा कार्यकर्ताहरु बुटवलमा सहभागी बनेका छन्।
अधिवेशनको बिषयमा केन्द्रित रहेर होलेरी खबरका सम्पादक नन्दराम खड्काले नेकपा एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढासंग विशेष अन्तरवार्ता तयार पार्नु भएको छ।
अध्यक्ष ज्यु स्वागत छ
धन्यवाद
यहाँको पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको तयारी कस्तो छ?
१.नेकपा एमालेको प्रदेश अधिवेशनका लागि विशेष तयारी रहेको छ।यहि तयारीबिच ५० हजार बढी जनता र प्रतिनिधिहरुको उपस्तिथिमा पार्टीका श्रद्वेय अध्यक्ष एक पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्नु भएको छ।
२.यो अधिवेशनबाट एमाले पार्टीको लुम्बिनी प्रदेश नेतृत्वमा को आउँने संभावना छ?
अहिलेनै यो आउँनु हुन्छ भन्न मिल्दैन तर पहिलो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्छौ।यहि हामि सबै प्रयास छ।
३.यहाँको पार्टीमा गुट उपगुटको चर्चा चलिरहेको छ।कति लाईन छ पार्टी भित्र?
वास्तवमा हाम्रो पार्टीमा गुट उपगुट छैन।अधिवेशनको समय भएकाले आन्तरिक बैचारिक तथा राजनैतिक अभ्यास हुनु स्वभाविकै हो।यसलाई गुटको संज्ञा दिन म उपयुक्त ठान्दिन।
४.प्रदेश अधिवेशनमा नेकपा एमाले रोल्पाको भुमिका कस्तो छ?यहाँहरु कसलाई अध्यक्ष बनाउने तयारीमा हुनुहुन्छ?
यसपटक प्रदेशको पहिलो अधिवेशन भएकाले यसको महत्व खास प्रकारको छ।नेकपा एमाले रोल्पा सहमतिको पक्षमा छ।रोल्पाबाट उल्लेखनीय सहभागीता छ।१००४ जना उपस्तिथ हुनुहुन्छ।भव्य रुपमा अधिवेशन सफल पार्न हाम्रो भुमिका रहने छ।