होलेरी-वडा अध्यक्ष श्रमदान कार्यक्रम मार्फत विभिन्न कार्यक्रम गरेर जनताका मन जित्न सफल रुन्टिगढी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले वडावासीहरुको असुबिधालाई मध्ये नजर गर्दै लुम्बिनी प्रदेशको राजधानी जिल्ला दाङको घोराहीबाट पेदी हुँदै दाङको राम्चे धौलाबाङ देखि सिधै रुन्टिगढी गाउँपालिका वडा नं १ लिवाङीआँप सम्म सार्वजनिक वस सेवा सुचारु गरिदिनका लागि आइतबार रोल्पा जलजला यातायात प्रा.लि.लिबाङलाई सिफारिसका लागि अनुरोध गरेका छन्।
वडा कार्यालयले सवारी सञ्चालनको माग गरेको पत्र वडा अध्यक्ष डाँगीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।जसमा राप्ती त्रिशिद्वेश्वरी यातायात प्राली दाङलाई पनि सम्बोधन गरिएको छ।
नागरिकलाई सहज रुपमा यातायातसंग जोड्ने प्रयासमा रहेका वडा अध्यक्ष डाँगीले माघ १२ गते ईप्रका होलेरीका ट्राफिक प्रहरी टोलि सहित स्वयंले सो सडक खण्डको स्थलगत अबलोकन गरिसकेको जानकारी दिएका छन्।आजको युगमा पनि आफ्ना नागरिक यातायात सेवाबाट बन्चित हुनुपर्ने दुर्भाग्यको बिषय रहेकाले सेवा प्रवाहका लागि आफूहरुले आवश्यक प्रक्रिया चालिरहेको उनको भनाई रहेको छ।
रुन्टिगढीको ५ नं वडा भौगोलिक हिसाबले छिमेकी जिल्ला दाङसंग सिमाना जोडिएको वडापालिका हो।तर सार्वजनिक सवारी चढेर सर्वसाधारणलाई दाङ जान भने पैदल हिडेर होलेरी आउँनु पर्ने बाध्यता रहेको छ।पैदल हिडेर बस चढ्न होलेरी आउँने समयमा वडापालिका बाटै दाङ जोडिएको सडक खण्डमा बस सेवा बिस्तार गर्न सकिए नागरिकहरु दाङ पुगि सक्ने वडा अध्यक्ष डाँगीले बताए।
नियमित सार्वजनिक बस सेवा सञ्चालनको आफूहरूको प्रयासमा रुन्टिगढी गाउँपालिका र सम्बन्धित यातायात समितिहरुले शाथ दिने आशा गरेको वडा अध्यक्ष डाँगीले बताए।
बस सेवा शुरु भएपछि उक्त रुटको स्तरोन्नतिका लागि पनि आफू अगाडि बढ्ने उनले बताएका छन्।
वडा कार्यालयको सिफारिस माग पत्र