ताजा अपडेट

लिवाङबाट दाङ जाँदै गरेको बस रोल्पा सिडिओ.घिमिरेको निर्देशनमा प्रहरीले ई.प्र.का.होलेरीमा लगेपछि..

होलेरी- आइतबार ट्राफिक नियम उल्लंघन गर्ने एक सार्वजनिक बसलाई होलेरीमै होल्ड गरिएको छ।लिबाङबाट दाङको घोराहीतर्फ जाँदै गरेको रा १ ख २५५६ नम्बरको यात्रुबहाक बस ईलाका प्रहरी कार्यालय होलेरी बजारमै होल्ड गर्दिएको छ।

उक्त बसलाई ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक देवि प्रशाद गैरेको नेतृत्मा अस्थाई प्रहरी पोस्ट होलेरीका ट्राफिक प्रहरीसहित टोलिले बस होल्ड गरेर राखेको हो।बसले हुडमा यात्रु राखेर गुडिरहेको तस्वीर रोल्पाका स्थानियहरुले रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई पठाएकाले अशुरुक्षित तथा जोखिम यात्रा गराइरहेको बसलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेको ठाडो निर्देशनमा ईलाका प्रहरी कार्यालय होलेरीको टोलिले बस होल्ड गरेको प्रहरीले जनाएको छ।

रोल्पाका सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले विभिन्न निति/नियमहरु जारी गरेको छ।रोल्पामा सार्वजनिक सवारी चालक तथा सह-चालकहरुलाई पोशाक,सवारी टाइम कार्ड आदि निर्धारण गरिएको छ।तर होलेरी क्षेत्रमा देखिने सार्वजनिक सवारीहरुबिच खासै समायान्तर देखिदैन।बस बिसौनीहरुमा अगाडि पुगेर यात्रु चढाउने होडबाजीमा सवारीहरुसंगसंगै आइपुग्ने गरेको दृश्य प्रायः देखिन्छ।

आइतबार ट्राफिक नियम उल्लंघन गरेपछि प्र.जि.अ.को निर्देशनमा होल्ड गरिएको रा १ ख २५५६ नम्बरको बसलाई सबै यात्रु र सामाग्री झारेर दिउँसो करिब ३ बजे ईलाका प्रहरी कार्यालय होलेरीको प्राङ्गणमा लगिएको छ।तर उक्त बसमा सवार यात्रुहरु भने दिउँसो ४ बजेपछि सम्मपनि होलेरी जुर्नेटाको सडक किनार भुइँमै बसिरहेका थिए।गन्तब्यसम्म लगेर जाने आफ्ना सामानहरु पनि भुइँमै राखेर बसेका उनीहरुबिच केहि बृदबृद्वाहरु पनि देखिन्थे।होलेरीको जाडोमा उनीहरुले सास्ती खेपिरहेका थिए।उनीहरु दाङ जाने सवारी पाइरहेका थिएनन्।भने अर्कोतिर पहिले आएको सवारीलाई दाङसम्मकै भाडा बुझाई सकेका थिए।

सवारी चालक र सह-चालकहरुको लापरबाहीका कारण सास्ती यात्रुलाई परिरहेको थियो।`दाङसम्म जाने सवारी पाएका छैनौँ।सामान कुरेर २ घण्टा देखि भुइँमै बसिरहेका छौँ।अरु दु:ख त यस्तै हो।तर उमेरका कारण होला जाडोले सताएको छ´-माडीचौरबाट दाङ जाँदै गरेका खिमबहादुर पुनले भने।केहि छुटेका यात्रुहरूलाई अन्य सवारीहरुमा राखेर दाङसम्म पुर्याउने आफूहरूको पहल रहेको ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक देवि प्रशाद गैरेले जानकारी दिएका छन्।यद्यपि ४ बजेसम्म केहि यात्रुहरु सडक वरिपरि बसिरहेको दृश्य देखिन्थ्यो।

घण्टौँ अल्पत्र बनेर भुइँमा बसिरहेका यात्रु

शहिदमार्ग सार्वजनिक सवारी सञ्चालनमा किन हुन्छ लापरबाही?

सहिद मार्ग दाङको घोराही देखि शुरु भएर रोल्पाको होलेरी हुँदै थबाङ भएर रुकुम पुर्बसम्म जोडिएको छ।यहि सडक दारबोट देखि रोल्पा सदरमुकाम लिबाङ जोडिएको छ भने होलेरी भएर प्युठान स्वर्गद्वारीसम्म सार्वजनिक सवारीहरु गुड्छन्।सहिदमार्गको अधिकांश भुभागमा सडक अत्यन्तै जिर्ण तथा जोखिमपुर्ण रहेको छ।राज्यको अकर्मन्यताका कारण हालसम्म यो सडकखण्डले मुहार फेर्न सकिरहेको छैन।यात्रा गर्दा सिजन अनुसार धुलो हिलो जोखिम आदिको पीडा सहन गर्दै सर्वसाधारणहरुले भगवान् भरोसा यात्रा गर्नु पर्ने पीडा यथावत रहेको छ।

त्यसैमाथि सवारी चालकहरुले सडकको प्रवाह नगरी खचाखच यात्रुहरु कोच्ने गर्दछन्।बढी पैसो कमाउने आशामा उनीहरुले जोखिमको प्रवाह नगरेको देखिन्छ।ट्राफिक नियमानुसार सवारीहरुमा सिट क्षमता भन्दा बढी यात्रु राख्न हुँदैन।तर सहिदमार्गमा कुनै सिजनमा सवारीहरु खाली खाली गुडेका देखिन्छन् भने चाडबाडको समय र कुनै सिजनमा भित्र यात्रु नअटाएर हुडमा समेत राखेर सवारी हाकेको दृश्य देखिन्छ।जुन प्रवृत्ति दुर्घटनाको उच्च जोखिम हो।

क्षमता र मापदण्ड भन्दा बढी यात्रु चढाएमा सवारीको सन्तुलन बिग्रने,सवारीको ब्रेक नलाग्ने तथा यात्रु खस्ने जस्ता जोखिम रहन्छन्।तर यात्रुहरू र चालक दुबैले जोखिमको प्रबाह नगरेको देखिन्छ।ट्राफिक नियम पालना गराउँन तथा आवश्यक ब्यबस्थापन गर्न राज्यले ठाउँ-ठाउँमा ट्राफिक प्रहरीहरु खटाएको छ।यात्रु र चालक दुबैले यात्रामा लापरबाही गरेको खण्डमा त्यसको उचित अनुसन्धान गरेर नियमन गर्ने जिम्मा ट्राफिक प्रहरीको हो।तर ट्राफिक प्रहरीले पनि पुर्ण रुपले नियम पालना गराउन सकेको अवस्था छैन।गत दशै-तिहरबिचमा पनि हुडमा खचाखच यात्रु चढाएर थुप्रै सवारीहरु गुडिरहेको देखिन्थे।

रोल्पामा सवारीहरु ब्यबस्थित र शुरक्षित बनाउन जनशक्तिको अपुग भएको खण्डमा त्यसको उचित अध्यन गरेर निष्कर्षसहित जिल्ला शुरक्षास्तरबाट ब्यबस्थापन गरिनु पर्दछ।होलेरीमा आइतबार कुनै सर्वसाधारणले अशुरक्षित यात्राको तस्वीर कैद गरेर प्रमुख जिल्ला अधिकारी समक्ष पुर्याउँदा मात्रै सवारी होल्ड गरिएको देखियो।अन्यथा यस भन्दा अगाडि होलेरीमा यसरी सवारी होल्ड गरेर नियमन गरेको कमै मात्रामा रहेका छन्।

आइतबार ईप्रका होलेरीको नियन्त्रणमा राखिएको बसलाई आवश्यक जरिवाना तथा नियामानुसारको कारबाही गरेर छोडिने रोल्पाका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताएका छन्।नागरिकहरुको शुरक्षित यात्राका लाही सवारीसाधनमा हुने लापरबाहीलाई तुरुन्तै कारबाही गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस