ताजा अपडेट

गंगादेव गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्डमा कुल ३० पदक मध्ये ८ पदकको खेल सम्पन्न

रोल्पा- गंगादेव गाउँपालिकाको आयोजनामा श्री सिदार्थ नमुना माध्यमिक विद्यालय गंगादेव ३ घोप्टेओडारको घरेलु मैदानमा संचालन भैरहेको दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आज दोस्रो दिनमा कुल ३० पदक मध्ये ८ पदकका खेलहरु सम्पन्न भएको छन।

जस अनुसार पुरुष तर्फको ३००० हजार मिटर दौड प्रतियोगितामा श्री पृथ्वीनारायण मा.बि. जायचौर रोल्पाले – स्वर्ण पदक जितेको छ भने बुद्धि बिकास माध्यमिक विद्यायल रातामाटाले – रजत जितेको छ त्यसैगरी बिरेन्द्र माध्यमिक बिद्यायल नाउलीले – कास्य पदक हात पारेको छ।
महिला तर्फ ३००० हजार मिटर दौडमा श्री सरस्वती मा.वि म्वालेखलाले – स्वर्ण पदक , पृथ्वीनारायण मा .बि जायचौरले – रजत पदक र सिदार्थ नमुना मा.बि घोप्टेओडारले -कास्य पद जितेको छ।


पुरुष तर्फको ८००मिटर दौडमा प्रतियोगितामा श्री राष्ट्रिय मा.बि ओतले – स्वर्ण , बुद्धि बिकास माध्यमिक बिद्यालय रातामाटाले – रजत र जीवन ज्योति मा.बि देउलटाकुराले – कास्य जितेको छ।
महिला तर्फको ८०० मिटर दौड प्रतियोगितामा श्री जीवन ज्योति मा .बि देउलटाकुराले- स्वर्ण ,सस्वरस्वती मा.बि बल्ले – रजत र सिदार्थ नमुना मा.बि घोप्टेओडार – कास्य हात पारेको छ।

पुरुष तर्फको सटफुट प्रतियोगितामा श्री बुद्धि बिकास मा. बि – स्वर्ण , सिदार्थ नमुना मा.बि – रजत राष्ट्रिय मा.बि ओत – कास्य र महिला तर्फ सटपुटमा श्री सिदार्थ नमुना मा.बि घोप्टेओडार – स्वर्ण ,सिदार्थ नमुना मा.बि घोप्टेओडार – रजत र जीवन ज्योती मा.बि देउलटाकुरले – कास्य जितेको छ।
पुरुष तर्फको ज्याबलिङ थ्रो प्रतियोगितामा श्री गंगा मा.बि चौताराले- स्वर्ण ,ने .रा मा.बि सिमखोला – रजत र जीवन ज्योति मा.बि – कास्य र महिला तर्फको ज्याबलिङ थ्रो प्रतियोगितामा श्री गंगा मा.बि चौताराले – स्वर्ण , बुद्धि बिकास मा.बि – रजत र बिरेन्द्र मा.बि नाउली-कास्य हात पारेको छ।

यसरी हेर्दा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने बिद्यालय प्रथम धेरै रजत पदक जित्ने दोस्रो र धेरै कास्य पदक जित्ने – तेस्रो स्थान हासिल गर्न छन। कार्यक्रममा गंगादेव गाउँपालिका भित्र रहेका १० वटा बिद्यालयहरुको सहभागिता रहेको छ । आज बाँकी २२ पदकको खेल बिहानै देखि संचालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस