चितवन-रिडी साेप एण्ड केमिकल ईण्डिष्ट्रज प्रा.लि. भरतपुर महानगरपालिका १५ ,फूलबारी,चितवनले आफ्नो तेस्रो साधारणसभा सम्पन्न गरेकाे छ।
कम्पनीले प्रतिवर्ष २ सय टन कूल साबुन उत्पादन क्षमता रहेको छ।शाैचालयमा प्रयोग हुने साबुन,नुहाउने साबुन ,डिटरजेन्ट पाउडर ,झाेल साबुन ,लुगा धुने साबुन ,बहुउद्देश्यीय साबुनहरु बनाउने गर्दछ।
रिडी ग्रुप तथा रिडी साेप एण्ड केमिकल ईण्डिष्ट्रज प्रालिका संस्थापक मानबहादुर बुढाको बिशिस्ट आथित्यया रहेकाे कार्यक्रमको अतिथिहरुमा ईलाका प्रहरी कार्यलय फूलबारी भरतपुर १५ सहायक इन्चार्ज प्रहरी नायब निरीक्षक ज्ञ्यानबहादुर पाण्डे,रिडी ग्रुप लिमिटेडका प्रबन्ध निर्देशक झकेन्द्र घर्ती मगर ,रिडी राप्ती प्रबन्ध निर्देशक मनिराज पुन ,त्यस्तै रिडी राप्तीका वित्तीय निर्देशक हरिबहादुर घर्तीको सहभागीता रहेको थियो।
सोमबार आयोजित साधारणसभाको कार्यक्रममा बाेल्दै बिशिस्ट अतिथि मानबहादुर बुढाले साबुन उद्योग थुप्रै चुनौती पार गरेर यहाँसम्म आएको बताए।हामीले याे एउटा सानाे उद्योगबाट संचालन गरि याे अवस्थामा आउँदासम्म हरेक चुनाैतीहरु पार गर्दै नयाँ उद्योग सञ्चालन गरेका छाैँ। सानाे उद्योग मात्रै नभई यसले राेजगार तथा व्यवसायमा टेवा पुर्याउँछ-बुढाले भने।
अब केही समयमै ठूलाे कम्पनी बन्ने र अझै शसक्त ढंगले उद्योग अगाडि बढाउँने समेत बिशिस्ट अथिति घर्तीले जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष पुष्पलाल अर्यालले आफ्नो वडापालिका भित्र प्रतिष्ठित कम्पनी सञ्चालन हुनु गर्वको कुरो भएको बताउँदै अझै सफलताको शुभकामना दिए।
प्रतिष्ठित साबुन कम्पनी हाम्रो वडामा सञ्चालन भएकाे देख्न पाउँदा निकै खुसी हुँदै हामीले हाम्रो स्वदेशी उत्पादन साबुन हामीले नै प्रयाेग गर्न पाउँदा स्वदेशको पैसा स्वदेशमै रहन्छ र यसले समृद्धितर्फ लैजान्छ-वडा अध्यक्ष अर्यालले भने।वडा अध्यक्ष अर्यालले स्वदेश उत्पादन साबुननै प्रयोग गर्नु पर्नेमा जोड दिए।
कार्यक्रममा रिडी साेप एण्ड केमिकल ईण्डिष्ट्रज प्रा.लि.द्वारा २ जना पत्रकार चितवनका रमेश राना मगर र राेल्पाका पत्रकार तेज वीर वि.सि लाई उपहार स्वरुप रिडी बाट उत्पादित रिडी साबुन समेत उपलब्ध गराइएकाे हाे ।
उत्पादित साबुनकाे वजन १००ग्राम,१५०,२००,र ३०० ग्रामका छन भने ,डिटरजेन्ट पाउडरमा ५० ग्राम,१०० ग्राम, २००,ग्राम ५००,१००० ग्राम र भाडा धुने साबुन १०० ग्राम र १२५ ग्राम उत्पादन गर्दै आएकाे कम्पनीले जानकारी दिएकाे छ।