ताजा अपडेट

घोराही-होलेरी शहिदमार्गमा जोखिमपुर्ण यात्रा गर्दै यात्रु,सम्बन्धित निकाय बेखबर

होलेरी- चाडबाड नजिएसंगै घोराही-होलेरी शहिदमार्गमा गुड्ने सार्वजनिक सवारीहरुमा यात्रुहरूले जोखिमपुर्ण यात्रा गर्न बाध्य बनिरहेका छन्।

घोराही-होलेरी हुँदै पुर्वि रुकुम जोड्ने शहिदमार्ग नाम जस्तै आफैमा शहिद बनेको छ।सडकमा ठुल्ठुला खाल्डा,ढुंगा,धुवाधुलोले जोखिपुर्ण छ।

यहि सडक खण्ड भएर चल्ने सार्वजनिक सवारी बसहरुमा शुक्रवार डर लाग्दो दृश्य देखा पर्यो।केहि बसहरुका हुडमा जोखिम मोलेर यात्रुहरु चढेका थिए।

सार्वजनिक सवारी सञ्चालन मापदण्ड अनुसार बस अनुसार कति यात्रु बोक्न पाउने र कति बोक्दा संभावित जोखिमको क्षति समितिले बेहोर्ने भन्ने स्पष्ट मापदण्ड हुन्छ।मापदण्ड पालना गरेर गुड्ने सवारीहरु अलि शुरक्षित हुन्छन् भन्ने अनुमान आम सर्वसाधारणको समेत हुन्छ।

पुर्व-पश्चिम राजमार्गमा यात्रा गर्ने बसहरुले सिट भन्दा धेरै यात्रुहरू बोक्ने गरेको देखिदैन।किनकि कानुनी नियम बिपरित हुने र संभावित जोखिमको क्षतिपूर्ति समेत सम्बन्धित समितिबाट नपाइने हुँदा बस ब्यबसायिहरुले सिट संख्या भन्दा बढि यात्रु बोक्ने गरेको पाइन्न।

घोराही-होलेरी शहिदमार्गमा जिर्ण सडकका कारण दशकौँ पुराना बसहरु गुड्छ्न्।त्यसमा पनि उच्च प्रतिस्पर्धा लगाएतका जोखिम मोलेर,हुडमा यात्रु चढाएर बस गुड्छन्।

प्रतिस्पर्धाले अघिपछि खासै यात्रु नपाउने बसहरुले चाडबाडमा घर फर्कने यात्रुहरूलाई हुडमा समेत कोचाकोच गरेर चढाउँन भ्याएका छन्।

जुन दुर्घटनाको जोखिम निम्त्याउने कारण बन्न सक्छ।सवारीको क्षमता भन्दा बढि भार परेमा सवारीको ब्रेकले काम नगर्ने,सन्तुलन नमिलेर सवारी पल्टिने जस्ता जोखिम हुने जानकारहरु बताउँछन्।

बसको टिकट काट्दा सिटमा बसेर यात्रा गर्नेलाई मात्रै संभावित जोखिमको बिमा दिने भनेर लेखिएको हुन्छ।
तर रोल्पाको लाइफलाइन शहिदमार्गमा भने यात्रुहरुले भगवान् भरोसा यात्रा गरिरहेका छन्।

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले सवारीको प्रतिस्पर्धा रोक्नलाई आफूहरूले टाइम कार्ड प्रणाली लागु गरेको र अव्यवस्थित यात्रु बोक्ने सवारीलाई कारबाही गर्न ट्राफिक चेकजाँचला बढाउने जानकारी दिएका छन्।

शहिदमार्गमा हिजोआज देख्नेलाई समेत डरलाग्ने गरि यात्रु ओसारपसार भैरहेको छ।सम्बन्धित निकाय बेखबर जस्तै बनेको छ।दुर्घटनाको उच्च जोखिम बढेको छ।

प्रतिक्रिया दिनुहोस